शुक्रबार , बैसाख ७, २०८१

 

महाधिवेशन प्रतिनिधि नै सर्वसम्मतिबाट आउनु खुसीको कुरा भएको ओलीले बताए।

 

 

आम रूपमा यस पटकको प्रतिनिधि छनौटमा देशभरबाट कार्यकर्ताहरू सर्वसम्मतिका साथ आउनुभएको छ, छानिनुभएको छ,’

 

ओलीले भने,‘यो धेरै खुसीको कुरा हो। यसले पार्टीमा पार्टीभित्र हामी लोकतन्त्रलाई कसरी प्रयोग गर्छौं भन्ने देखाउँछ। सहमति, समझदारी र एकतापूर्ण ढंगले अघि बढ्नु पार्टीभित्रको मुख्य लोकतन्त्र हो।’

 

सम्बोधनका क्रममा उनले भावनात्मक कुरा पनि गरे।‘म कति बाँच्छु थाहा छैन।

 

म धेरै जीर्ण स्वास्थ्यबाट गुज्रिएर आएको हो। त्यति साह्रो भर नहुन सक्छ। तपाईंहरूजस्ता तेज तरार नेता/कार्यकर्ता देख्दा आज ढुक्कले निद्रा लाग्छ, खाना रूच्छ। देश, आन्दोलन, पार्टी, लोकतन्त्रको भविष्य सुनिश्चित देख्छु,’ ओलीले भने,‘समृद्धिको यात्रा सुनिश्चित भएकोमा आन्नदले निद्रा लाग्छ। यस्ता कार्यकर्ता भएको पार्टीको अध्यक्ष हुन पाउँदा गर्व लाग्छ।’

 

आन्तरिक र बाह्य लोकतन्त्र भन्ने एउटै हुन्छ भन्ने बुझ्नहुन्न। प्रतिष्पर्धा प्रतिपक्षीसँग हुन्छ। पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ। पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन,’ ओलीले भने,‘पार्टीभित्रको एकताबाट हामीलाई विपक्षीसँग लड्न बल प्राप्त हुन्छ।’

 

तपाईंहरूको दूरदर्शिता र मिहिनत र पार्टीप्रतिको मोह कसैले व्यक्तिगत अहम् तुष्टि नहुँदा अरूको सफलता देखेर इर्ष्या भावले जलेको बेला आफ्नो स्वास्थ्य पूरा भएन भने पार्टी फुटाएर ध्वस्त पार्न तयार भएको बेला तपाईंहरूले पार्टी बचाउनुभयो,’ ओलीले भने,‘पार्टीलाई सिद्धिन दिनुभएन। मजबुत बनाउनुभयो।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय