बिहिबार , बैसाख १३, २०८१

काठमाडौं । अवैधरूपमा निर्माण भएका संरचना भत्का,उने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । मेयरमा बालेन शाह निर्वाचित भएसँगै उनले काठमाडौंमा सुधारका गतिविधि बढाइरहेका छन् ।

 

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदा,तालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । २९ वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूला ठूला व्यवसा,यी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।

 

‘उक्त शीर्षकको करस्व,रूप कामपाले रु ५० करोड बक्यौता असुल गर्नुपर्ने छ’, कामपाको राजस्व विभाग प्रमुख डा विश्वराज अधिकारीले भने, ‘रु ७० करोड रकम असुल गर्नुपर्ने थियो, गत वर्ष रु २० करोड असुल गरियो । अब रु ५० करोड बाँकी छ यो वर्ष कुनै पनि हालतमा उक्त रकम उठाएर छोड्ने कामपाको तयारी छ ।’

 

गत वर्ष पनि कामपाले बक्यौता रकम असुल,को सम्बन्धमा सार्वजनिक सूचना जारीसँगै बाजागाजासहित सम्बन्धित संस्थालाई पटक–पटक जानकारी गराएको थियो । उक्त सूचनाको आधारमा केही संस्था सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै संस्था सम्पर्क गर्नसम्म नआएकाले कामपा यस पटक थप कडाइका साथ रकम असुल गर्नेतर्फ लागेको हो ।

 

कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नस,केको रकम उठ्न थालेको तथा केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेको कामपा राजस्व विभाग प्रमुख अधिकारीले जानकारी दिए ।

 

पहिलो चरणमा पत्राचार

 

यसका लागि कामपाले पहिलो चरणमा पत्राचार गर्ने तया,री गरेको छ । यो काम आगामी हप्ता गर्ने तयारीअनुरूप काम भइरहेको डा अधिकारीले बताए । पत्राचारका आधारमा सम्पर्कमा आएर पनि कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने र त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारी कामपाको रहेको छ ।

 

फनपार्कले बुझायो मनोरञ्जन कर

 

भृकुटीमण्ड,पस्थित फनपार्कले रु १९ लाख ५७ हजार मनोरञ्जन र व्यवसाय करको रकम बुझाएको छ । पत्राचार गरेको छ घण्टा बित्न नपाउँदै करस्वरूप बुझाउनुपर्ने उक्त रकम बुझाइएको हो ।

 

मनोरञ्जन कर बुझाए पनि बहाल कर,बाट असुल हुनुपर्ने रकम भने असुल भएको छैन । समाज कल्याण परिषद्ले तिर्नुपर्ने उक्त रकमका लागि पनि कामपाले परिषद्लाई पत्राचार गरेको छ । उक्त शीर्षकको कर करिब रु ४० करोड रहेको कामपाको भनाइ छ ।

 

कर नतिर्नेमा बढी सार्वजनिक संस्थान

 

विगत २९ वर्षदेखिको करस्वरूपको बक्यौता नतिर्नेमा सबै,भन्दा बढी सार्वजनिक संस्थान रहेका छन् । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण कर तिर्नका लागि कामपासँग सम्पर्कमा आएको भए पनि अन्य धेरै सार्वजनिक संस्थान विवरण लिएर सम्पर्कमा समेत नआएका कामपाको भनाइ छ ।

 

यसरी कर नतिर्ने साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, कृषि सामग्री कम्पनी, नेपाल सेयर मार्केटलगायत छन् ।

 

त्यसैगरी ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, त्रिवेणी कम्प्लेक्स, डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझा,एको काम,पाको भनाइ छ । समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ तर कामपाले अघिल्लो दुई वर्षमा भने कोरोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो ।

 

अझै पनि धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ५० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन लागि,एको हो । कामपाले सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानूनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

 

डा अधिकारी भन्छन्, ‘सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकीसरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’ कामपाले अनलाइन प्राणलीमार्फत राजस्व सङ्कलन गरिरहे,को छ । हाल कामपामा अनलाइनमा एक सय ६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ ।

 

कांग्रेसमा समान अवसर र न्यायको माग, सानेपामा कोइराला समूहको धर्ना

 

काठमाडौँ — आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले बुधबारदेखि आन्दोलन थाल्दैछ । कोइराला समूहका नेताहरुले बुधबार सानेपास्थित पार्टी मुख्यालयमा पार्टीका उम्मेदवार चयन,मा समान अवसर र न्यायकोलागि धर्ना दिन लागेका हुन् ।

 

सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवे,शनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ ।

 

त्यसैको विरोधमा बुधबार दिउँसो १२ बजे साने,पास्थित पार्टी कार्यालय पुगेर दुई घण्टा धर्ना दिने कार्यक्रम रहेको नेता गुरुराज घिमिरेले बताए । सोमबार बसेको गुटको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो ।

 

उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्या,उन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरु मात्रै परेका छन् ।

 

प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुन,सक्ने भयले कोइराला समूह त्रसित छ । नेता कोइराला सहित पार्टीका पदाधिकारी रहेका कोइराला समूहका नेताहरु भने आन्दोलनका कार्यक्रममा सहभागी भएका छैनन् । दोस्रो तहका नेताहरुले भने निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् ।

 

कोइराला समूहको दबाबपछि सभापति देउवाले समानुपातिकतर्फ बन्द सूची सच्याउन तयार भएका छन् । नेता घिमिरले समानुपातिक सूची नसच्या,इएसम्म आन्दोलन र विरोधका कार्यक्रम निरन्तर हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय