शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

नेपाली काँग्रेसका नेता गगन थापाले संविधानमै नभएको व्यवस्थाबाट संसद् भंग गर्नु प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र गैरराजनीतिक कदम भएको बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै थापाले संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै प्रधानमन्त्री ले संसद विघटन गर्नु असंवैधानिक भएको बताए।

‘संविधान पल्टाएर, बुझेर र जानेरै संविधानको धारा ७६ लेखेको हो। नशामा लठ्ठ परेर होइन,’ उनले भने।सर्वोच्च अदालते संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले संसद पुनःस्थापना भएपछि मात्र चुनावको कुरा गर्नुपर्ने बताए ।

संवैधानिक इजलासमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा के गर्ने भनेर प्रधानन्यायाधीशले बारम्बार प्रश्न गरेकोप्रति इंगित गर्दै थापाले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने ।

घर बस्न नसक्ने भए वन पस्ने । मलाई अदालतमा उभ्याइए त्यही जवाफ दिन्थें । संविधानमा कहीँ कतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन ।’

सर्वोच्च अदालतले कुनै भ्रममा नपरी संविधान सम्झेर निर्णय गर्ने विश्वास आफूमा रहेको बताउादै त्यसबाहिर न्यायाधीश जान नहुने बताए । ‘बाहिर भएको हल्लाले प्रभाव नपारोस् ।

बन्द कोठाको खासखुसले पनि प्रभाव नपारोस्,’ उनले भने, ‘न्यायाधीशहरुलाई आफ्नो ड्युटी र कर्तव्यले मात्रै प्रभाव पारोस् ।

हामीले न्यायाधीशहरुलाई केही भनेका छैनौं,’ श्रीमानहरुले धर्म नछाडिसियोस् । न्याय नमारिसियोस् । संविधान बाहिर नगइसियोस् । यत्तिमात्र भनेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय