बिहिबार , चैत्र १५, २०८०

नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले अहिले भइरहेको संघर्ष संविधानले दिएको अधिकार जनताका हातमा पुर्याउन भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा भएको विरोध सभालाई सम्बोधन गर्दै संविधानअनुसारका अधिकार जनताको हातमा पुर्याउन सुरुबाटै आवाज उठाउँदा प्रधानमन्त्री ओलीले त्यसको सुनुवाई नै नगरेको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने तथा अधिकार प्रत्यायोजन गर्नुको साटो पुँजीवाद र केन्द्रीकृत प्रणालीको पक्षपोषणमा प्रधानमन्त्री ओली लागिरहेको बताए ।

सम्मृद्धि, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरको बाटोमा जान छोडेर ओली भ्रष्टाचार र सिमित घेरामा रमाउने गरेको आरोप लगाए ।

‘आज क्रान्तिको झण्डा खोसेर फाल्नुभएको छ । हामी त्यो झण्डा जोगाउन संघर्ष गरिरहेका छौ’ शर्माले प्रधानमन्त्री ओलीले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न लागि परेको बताए ।

उनले कर्णालीलाई दिनुपर्ने अधिकार नदिएकाले सिंगो कर्णालीका जनता ओलीको विपक्षमा रहेको बताए ।

पूर्व गृहमन्त्री समेत रहेका शर्माले संविधानभन्दा माथि आफुलाई राखेका ओली उहिलेका राजा जस्तै बन्ने प्रयासमा लागेको भन्दै ओलीको त्यो सपना पुरा हुन नदिने चेतावनी दिए ।

शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत अब सोच्ने बेला भएको बताए । उनले देश बचाउनका लागि संघर्ष आवश्यक रहेको भन्दै उनले देश र संविधानको रक्षाका लागि सबै वर्ग र क्षेत्रका जनताको एकीकृत आन्दोलन जरुरी रहेको बताए ।

‘संविधानको रक्षा नभए ओलीले निरंकुशतन्त्र ल्याउँदै हुनुहुन्छ । हामी पछाडी फर्कदैनौ । समाजवादको दिशामा जान संविधानले ग्यारेण्टी गर्दै आघि बढ्नुपर्छ ।

त्यसका लागि ओलीको प्रतिगामी कदमलाई असफल पार्नुपछ’ शर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय