आइतबार , मंग्सिर १८, २०७९

 

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

यथार्थमा सीता दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ । उहांले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटनाक्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन् । तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक नाता गाँसिन्छ ।

 

पढेलेखेको केटोसंगको विवाह सुखद होला भनेको झण्डै लावारिस जस्तो बन्न पुग्दछ सीता दाहालको जीवन ।

आफूभन्दा ६ महिना कान्छो केटो पुष्पकमल दाहालले कक्षा १० मा पढ्दै गर्दा सीता पौडेल दाहल परिवारमा बुहारी बन्न पुग्छिन् । संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै साल चितवन झरेका थिए । सीताका लागि टाँठो र पढे लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारे ।

 

पुष्पकमलको गरिब किसान परिवार भए पनि धनीकी छोरी विवाह गर्ने भनेपछि दोहोरा बाजासहित पुष्पकमल र सीताको विवाह भयो । विवाह भएको केही समयमा नै श्रीमान् काठमाडौं पढ्न गएपछि सीताको जीवन त्यसै उदास बनेजस्तो हुन लाग्यो । तर केही समयमा नै छोरी जन्मेपछि एकातिर सीतालाई साथी भइन् छोरी भने अर्कातिर छोरो पाउन नसक्ने बुहारीका रुपमा सीताले मनोवैज्ञानिक बुहार्तन खेप्न बध्य हुनुप¥यो । छोरा वा छोरी हुने कुरा महिलामा नभएर पुरुषको क्रोमजोमको अवस्थाले निर्धारण गर्ने कुरा हो भन्ने कसैलाई थाहा पनि थिएन । त्यसमाथि लगातार ३ वटी छोरी भए सीताका । त्यसको पीडा सीता दाहालले स्वयं बताएबाट स्पष्ट हुन्छ ।

 

कान्छी छोरी जन्मेको बर्ष सीताका श्रीमान् कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर घरबाट निस्केपछि सीताको जीवन एक तमासले निरसिलो त बन्ने नै भयो । त्यसमाथि दाहाल परिवारमा पढे लेखेको, सबै परिवार पाल्ने आशा गरिएको जेठो छोरो नै पार्टी कार्यकर्ता बनेपछि पञ्चायती प्रशासनको यातना खेप्न बाध्य भयो अवोध दाहाल परिवार । त्यसको पहिलो मार पनि सीतालाई नै प¥यो ।

 

पुष्पकमललाई घरबाट छुट्याइदिएपछि पुलिसको दमनबाट जोगिन्छ कि भनेर पुष्पकमलका पिता मुक्तिराम दाहालले उनीहरुलाई छुट्याइदिए । पहिले ८–१० जनाको गुलजार परिबार अब ४ जना भन्ट्याङभुन्टुङका साथमा सीता एक्लै भइन् । श्रीमान त प्रहरीको खोजीमा परिसकेका थिए । तर पनि हरदम छायाँका रुपमा प्रचण्ड सीतासँगै थिए । त्यस्तो अवस्थामा सीतालाई माइतीले भरथेग नगरेको भए के हुँदो हो भन्ने गम्भीर प्रश्न प्रचण्डले नै गरेबाट स्थिति कति दयनीय रहेछ भन्ने स्पष्ट हुन्छ ।

 

तर गतिशील स्वभावका धनी पुष्पकमलले घरबाट छुट्टिएको दुई वर्षमा नै आफ्ना लालाबालासहित सीतालाई भरतपुर सारे । त्यसले सीताको जीवनमा एक्लोपन हट्यो, तर शारिरीक श्रम र बच्चाबच्ची हुर्काउने जिम्मेवारीको जाँतोले झन अँ उन थाल्यो । यसो गर्दागर्दै २०४६ साल आयो । बच्चाबच्ची अलिक ठूला भए । सीता पनि अब श्रीमान्सँग कहिल्यै नछुट्टिनेगरी काठमाडौं आइपुिगन् । त्यो अलिक खुला र सहज समय पनि चार बर्ष भन्दा धेरै हुन पाएन । पुष्पकमल दाहाल, प्रचण्ड बनिसकेका थिए । उनले संसारै हल्लाउने ज न यु द्धको शङ्ख घो ष गरेर आफ्नै परिवारभित्र समेत नयाँ स ङ्क ट निम्त्या इ दिए ।

 

सीता दाहालको अर्को घुम्ती शुरु भयो लाथालिङ्ग पारिवारिक अवस्थाबाट बनबासको यात्रा शुरु भयो । झण्डै दश वर्ष बढीको प्रवास र बनवास पूरा गर्दा प्रचण्ड दम्पत्ति धेरै पटक मृ त्यु को मुखबाट बाँ च्न सफल भए । त्यही बीचमा कसरी जोगिने भन्ने उद्धेश्यमा केन्द्रित भएर तीनवटै छोरीको विवाह भयो । अझ रोचक त दुईवटी छोरीहरु रेणु र गंगाको प्रवासमा एकै दिन विवाह गरिदिन बाध्य भए प्रचण्ड दम्पत्ति । त्यो सँगै रेणुसँग छोरा प्रकाश प्रवासमा नै बस्न मिल्ने भएपछि बल्ल २०५३ सालदेखि प्रचण्ड दम्पत्ति मात्र भएर भारतका कन्याकुमारीदेखि सिमला, आसामदेखि मुम्वईसम्म विचरण गर्न थाले ज न यु द्ध हाँ क्नका लागि । त्यतिबेला प्रचण्डको पार्टी हेडक्वाटर नै प्रचण्डको डेरा र झोला थियो ।

 

सीता दाहालले कहिले प्रचण्डलाई आफ्नो सल ओढाएर भारतीय प्रहरीलाई छक्काइन् भने कहिले हप्काएर जहाँ पायो, त्यहीँ जाने कुरामा सावधान गराएर ज न यु द्धका सुप्रिम क मा ण्ड रको ढा ल बनिन् । यो आफैंमा एक रोमाञ्चक र ऐतिहासिक महत्वको संयोगले भरिएको सीताको जीवन कथा हो ।

प्रवासमा पनि प्रचण्डलाई चौतर्फी सुरक्षा शक्ति केन्द्रहरुले घेरा हालेको थाहा पाएपछि प्रचण्ड दम्पत्ति नेपालको रोल्पा–रुकुमलाई आफ्नो हेडक्वाटर बनाउन तयार भयो ।

 

२०६० सालमा पहिले श्रीमान् प्रचण्ड रोल्पा जाने र पछिमात्र श्रीमती सीता मुम्वईबाट रोल्पा जाने योजनाले भने दुवैलाई विक्षिप्त बनाएको थियो । स्थिति नै यस्तो थियो कि कुन माओवादी नेता तथा कार्यकर्ता कतिबेला कहाँ मा रि न्छ न् भन्ने सन्त्रास फैलिएको बेला सीताको मनमा बुढासँग फेरि भेट नहुने हो कि भन्ने चिन्ता लाग्नु स्वभाविक थियो । तर सौभाग्यवस् प्रचण्डकै योजना अनुसार झण्डै दुई वर्ष ज न यु द्धको केन्द्रमा फुक्काफाल जिन्दगी विताए प्रचण्ड दम्पत्तिले रोल्पा, रुकुम र सल्यानमा ।

 

दुवै जना निकै संवेदनशी र भावुक स्वभावका छन् प्रचण्ड दम्पत्ति । ज्ञानेन्द्र शाहको तानाशाहीको क्रममा चौतर्फी मानवलाशले देश दुर्गन्धित भइरहको थियो । त्यसबाट सबैभन्दा बढी विक्षिप्त प्रचण्ड दम्पत्ति नै बन्दथे । तर पनि प्रचण्ड दम्पत्तिलाई अघि बढिरहने वा राजनीतिको सुइलाई अर्कै दिशामा घुमाएर दुनियालाई चकित पार्ने बाहेक कुनै विकल्प पनि बाँकी थिएन । संयोग ज्ञानेन्द्रले नै जुराइदिए प्रचण्डलाई नयाँ ढङ्गले अघि बढ्ने साइत । माओवादीलाई छिःछि र दूरदूर गर्ने शक्ति र दलहरु आफ्नो छाला जोगाउन पनि माओवादी खोज्न जङ्गलमै पुग्न तयार भए । अर्कातिर बाबुरामको बुद्धिले सूर नपक्डेका कारण भारतीय शक्ति केन्द्र पनि प्रचण्डलाई दिल्लीमा कार्पेट विच्छ्याउन तयार भयो ।

 

दुई वर्षे रोल्पा बसाइपछि प्रचण्ड दम्पत्ति कुनै बेलाका ज्यानी दु श्म न गिरिजाप्रसाद कोइराला सहितका नेताहरुसँग १२ बुँदे सहमति गरेर राजतन्त्रको अन्त्य गर्ने प्रयोजनका लागि दिल्ली पुगे । प्रचण्डकै शव्दमा प्रचण्ड दम्पत्तिको छलाङ पनि कस्तो भयो भने कुनै बेला रेलको सेकेण्डक्लासको पनि एउटै सिटमा दुई जना बसेर हिंड्ने तहबाट रेलको एसीक्लास हुँदै हवाइजहाजको यात्रा तय भयो । त्यो पनि ह्वात्तह्वात्ती ।

तत्कालीन नेपाल सरकारका गृहमन्त्री कृष्ण सिटौला नै विद्रोही सुप्रिम कमाण्डर दम्पत्तिका सवारी मन्त्री बनेर बालुवाटार प्रवेश (२०६३ असार २) गराउँदा सीता दाहाल चकित परिन् । के यो जे भइरहेको छ, साँच्चै त हो जस्तो लाग्न पुग्यो सीतालाई पनि ।

 

असार २ को आठ बुँदे सहमतिले विस्तृत शान्ति सम्झौता भएर जनयुद्धको अन्त्य भएपछि सीताले प्रचण्डलाई लगातार त्यसमा टिकिरहन हरसम्भवले दबाब बढाइन् । त्यसको डेढ वर्ष नपुग्दै कास्की ढिकुरपोखरीको मिलवालाकी छोरी सीता देशको प्रथम महिला बन्न सफल बन्ने अवस्थाले अर्को चक्मा दियो सीतालाई नै । तर प्रचण्डका शब्दमा पहिलो पटक प्रधानमन्त्री भएका बेला सीताले सबैभन्दा बढी राजनीतिक र पारिवारिक तनाब झेल्न बाध्य हुनु प¥यो । छोराको परिवार विग्रने दिशामा उन्मुख हुनुका साथै उसको आनीबानीमा आएको परिवर्तनले अर्को समस्यामा धकेलिदियो सीता दाहाललाई ।

जसोतसो बालुवाटारबाट मुक्त भएर निजी निवासमा फर्केको केही समायमा नै सीताको मुटुको पहिलो टुक्रा ज्ञानु छोरीको निधनले विक्षिप्त बनायो । एतातिर देशको प्रधानमन्त्रीकी श्रीमती र परिवार अर्कोतिर पहिलो र सबैभन्दा प्यारो त्यसमाथि पनि चिचिला नातिनीहरु छाडेर छोरी गुमाउनु पर्दाको पीडालाई सीता दाहालले शव्दमा व्यक्त गर्ने अवस्था नै थिएन । अर्कोतिर श्रीमानका विरुद्ध पार्टीभित्रैबाट गरिएको चौतर्फी घेराबन्दी अरु बढी कसिलो बन्दै थियो । परिवारभित्रको तनाव पनि कम हुनुको सट्टा झन नयाँ नयाँ ढङ्गले बल्झेको केवल सीताले ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ‘ भन्ने नारायण गोपालको गीतको सुरमा सहनुको विकल्प थिएन ।

 

सीता दाहालको साढे ६ दशक लामो चालु जीवनमा ज्ञानु छोरी गुमाउने पीडासँगै गम्भीर विमारले छोएको कसैलाई पनि पत्तै भएन । त्यसमाथि ०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमत्री हुँदा पनि सीताको मनमा चैन थिएन । एकखालको छट्पटी र चिन्ताले ग्रसित बनाएकै थियो । सीतालाई आजको अवस्थामा ल्याइपु¥याउने रोगले अरु बढी गाल्न थालेछ ।

 

२०७४ सालमा प्रचण्डले सिद्धियो भन्ने तहमा पुग्दै गरेको माओवादी पार्टीलाई सबैभन्दा ठूलो आन्दोलन बनाउने तहमा पु¥याउन सफल भएपछि सीतालाई राजनीतिक रुपमा राहत त भयो । तर राजनीतिक उत्साहमा सीतालाई पार्किन्सस्ले गाल्दै लगेको अवस्था झन बल्झँदै गयो । चुनावकै बीचमा र चुनावपछि प्रचण्ड परिवारले सीता दाहालको उपचारका लागि सम्भव सबै उपाय ग¥यो । तर त्यो रोगको प्रकृति नै यस्तो थियो कि जहाँ पुगेको छ, त्यहीँ रोक्न बाहेक अरु केही गर्न सकिंदैन्थ्यो । तर पनि प्रचण्डले सीताको उपचारका लागि नेपालका सबै अस्पतालदेखि, भारत, सिंगापुर र अमेरिका समेत पु¥याएर परीक्षण गराउँदा पनि रोगको एउटै निदान भयो । पछिल्लो पटक सीता दाहालका बारेमा यो पुस्तिका तयार भइरहेका बेला छोरी गंगाले भारतको हरिद्धारमा रहेको रामदेवको आश्रममा लगेर पनि रामदेव र बालकृष्ण आचार्यसँग मनोपरामर्श लिने काम समेत गरेका थिए ।

 

त्यसभन्दा पहिले सिंगापुरका चिकित्सकको सल्लाहमा सीता दाहाललाई रमाइलो वातावरण बनाइदिने भनेको कारण नै आलोचनाका बीच विवाहको ५० औं वर्षगाँठ अर्थात विवाह समारोहका रुपमा नै गर्न तयार भएको सीताको अवस्थामा केही सुधार भइहाल्छ कि भन्ने आशामा नै हो । त्यसका अलवा प्रचण्डले सीता दाहाललाई म्याग्दीको तातोपानीमा लगेर राख्नेदेखि घरमै वाटर थेरापी गर्न मिल्ने कक्ष समेतको निर्माण गरेर उपाचारमा लागिरहनु भएको छ । एक जना श्रीमान् त्यो पनि त्यत्ति ठूलो जिम्मेवारी भएको नेताको श्रीमतीप्रतिको त्यसतहको लगाव शायदै कम मानिसमा पाइने गुण हो भन्न कुनै अप्ठेरो मान्नु पर्दछ जस्तो लग्दैन ।

 

यसरी संक्षिप्तमा भन्दा सरदर गाउँले महिलाले व्योहर्ने सबै प्रकारका बुहार्तन र दिनचर्यादेखि सशस्त्र विद्रोहको दश वर्षलाई हरेक क्षण चश्मदिद् गवाह भएर अवलोकन गर्ने अवसर पनि सीता दाहाललाई मिल्यो । अनपढ भएर पनि संसारसँग डिल गर्ने नेतालाई नियन्त्रण र सन्तोषको सागरमा डुवाउने महिला पनि सीता दाहाल बनेको प्रचण्डले सहजै स्वीकारेबाट सीताको जीवन कति गहिरो छ भन्ने बुझ्न सकिन्छ ।

शान्ति प्रक्रिया र पार्टी राजनीतिका उखाडबाखड छल्दै शिखरतिर अघि बढीरहेको जिन्दगीले जवान छोरा छोरी गुमाएर आफैं असाहय जस्तो अवस्थामा बन्ने स्थिति एक विडम्वना त हुँदै हो । त्यसमाथि पनि एक गृहणी महिलाको तिलस्मी कथा पनि हो यो । यो कथालाई अनेक ढङ्गले लेख्न सकिन्छ ।

 

तर संयोगले मलाई त्यो अवसर प्राप्त भयो कि उहाँसँग मैलै मात्र टेलिभिजनका लागि अन्तर्वार्ता गर्न पाएछु । फेरि मेरो चाहना मैले मात्र उहाँको अन्तर्वार्ता गर्नु पर्छ भन्ने पनि थिएन् । त्यसो गर्न सम्भव पनि हुँदैन्थ्यो । सीता दाहाल कहिल्यै मिडियाक्रेजी भएको पनि देखिएन । अझ मिडियामा त कतिसम्मको व्यंग्य हुन्थ्यो भने नेपालमा सीता दाहाल र भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मुस्कान देख्न सकिंदैन । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असंख्य पीडा सहन सक्ने महिला हुनुहुन्थ्यो । तर सीता दाहालको राजनीतिक चेत र थर्ड सेन्सका बारेमा स्वयं प्रचण्डले धेरै कुरा बताइसक्नु भएको छ ।

 

तसर्थ यो पुस्तक कस्तो हो भन्ने बारेमा म आफैं अन्योलमा छु । पहिले मैले छुट्टै ढङ्गले लेख्ने योजना बनाएकी थिएँ । जब सीता दाहाल विरामी हुुनुभयो, त्यसपछि मलाई लाग्यो उहाँको जीवनी उहाँकै भाषा र लवजमा उतार्नु बढी स्वाभाविक होला भन्ने लाग्यो । त्यसो गर्दा उहाँको न बढाईंचढार्ई हुन्थ्यो न त उहाँले आफ्ना बारेमा बोलेका कुरा नै काटिन्थे । तसर्थ, सीता दाहालको जीवन कथा एक सङ्घर्षशील ग्रामीण महिलाको कथादेखि देशको प्रथम महिलाको दुःखको बृत्तान्त पनि हो । त्यसमाथि सीता दाहालका श्रीमान् प्रचण्डको सीताप्रतिको सवाल जबाफले तत्कालीन नेपाली समाजको चित्रण गर्नेदेखि एक जना इमान्दार श्रीमानको श्रीमतीप्रतिको इमान्दारिता र कोमलताको अन्तस्करणको आवाज पनि प्रकट भएको छ ।

 

छोटोमा भन्दा कास्कीको तत्कालीन ढिकुरपोखरीको सम्पन्न किसान परिवारमा जन्मेकी एकजना केटी जवान नबन्दै तराई (चितवनवासी) बन्न पुगिन् । उमेर १६ टेक्दानटेक्दै अलिक गरिब किसानको एक जना सा¥है तीक्ष्ण बुद्धिको केटासँग विवाह बन्धनमा बाँधिएर सीता दाहाल बुहारी बन्न पुगिन् । बुहारीले व्योहर्ने बुहार्तन सहँदै श्रीमान्ले चालेका सबै कदममा साथ दिंदै अघि बढिन् ।

 

३ छोरी र १ छोराकी आमा सीताले चाहे अनुसार बच्चाबच्चीलाई पढाउन सकिनन् । त्यसमा सीताको भन्दा उहाँका श्रीमानले लिएको राजनीतिक बाटो नै प्रमुख बाधक बन्न पुग्यो ।विवाह भएदेखि झण्डै २५ वर्षको लावारिस जस्तै लाग्ने जिन्दगीबाट सीता दाहाल पनि श्रीमानसँगै राजनीतिक वि द्रो ही मुख्य नेताकी पत्नीका रुपमा बदलिएर श्रीमानसँगै हरक्षण रहन पुगिन् । पार्टीको जन मु क्ति सेनाले भन्दा बढ्ता ज न यु द्धका सुप्रिम क मा ण्डरको सुरक्षा कवच बन्ने अवसर समेत स्थितिले सीतालाई नै सुम्पिएको देखिन्छ ।

 

दुई दुई पटक देशको प्रथम महिला बनेकी सीता नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलन एकीकृत हुँदै गर्दा आफ्नो पहिलो र अन्तिम गरेर दुई सन्तान गुमाएकी एक अभागी आमा बन्न मात्र विवश हुनुभएन कि नयाँ परिवेशको स्वाद चाख्ने अवसरबाट समेत बञ्चित भएको कथा नै सीता दाहालको नाम हो ।

४ भाई र दुई दिदि बहिनी मध्येकी सीता श्रीमान् तर्फका ६ नन्द र दुई भाईहरुको परिवारकी सदस्य बनेर निकै ठूलो नाता सम्वन्धको जालोमा सत्चरित्र र सत्यका पक्षमा सतीसाल जस्तै खडा हुने महिलाको नाम पनि हो सीता दाहाल ।

 

प्रचण्ड पत्नी सीताकी आमा हरिकला पौडेलको ८६ वर्षको उमेरमा २०७१ साउन ९ गते निधन भइसकेको छ । त्यसो त अहिले भन्दा १६ वर्ष पहिले नै उनका पिता महेश्वर पौडेलको पनि निधन भइसकेको छ । तर स्थितिले आज सीतालाई जुन अवस्थामा खडा भएपनि सरदर नेपाली महिलाका सन्दर्भमा एक भाग्यमानी र कीर्तिमानी महिला अवश्य नै हुन् । त्यही कथा उहाँको आफ्नै कथनमा यहाँ प्रस्तुत गरिएको छ ।

 

हो, मैलै इमान्दारीपूर्वक पाठकलाई भन्नै पर्छ म बढ्ता लेखक भन्दा उहाँकै कोही निकटस्थ आफन्त जस्तै भएछु । उहाँलाई दुख्दा मलाई पनि दुख्न थालेको थियो । तर मेरो स्वभाव र बानीका कारणले मैले त्यस्तो कहिल्यै व्यक्त गर्न भने चाहिन् । त्यसको एकमुष्ठ उहाँप्रतिको सहयोग वा सम्मान यही पुस्तिका बन्ला कि भन्ने मेरो आशा छ । त्यसो भएमा मेरो पनि कर्तव्य पूरा भएको ठान्नेछु । फेरि पनि तत्कालीन समाजको नेपाली महिलाहरुको कथादेखि वर्तमानसम्मको महिलाहरुको स्थितिलाई सङ्केत गर्ने एउटा दस्तावेज यो पक्कै पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय