शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले प्रतिनिधिसभा विघटनविरुद्ध भोलि काठमाडौंमा आयोजना गर्न लागेको जनसभाका लागि प्रदेश २ बाट ३० हजार कार्यकर्ता ल्याउने तयारी गरेको छ।

आफ्नै दलका प्रथम अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड समूहले भोली शुक्रबारको जनसभालाई अन्तिम धक्काका रुपमा वयान गर्दै आएको छ। त्यसका लागि समूहका अध्यक्ष प्रचण्डले केही दिनअघि ‘अब शाकाहारी आन्दोलनले नहुने’ भन्दै कार्यकर्तालाई उत्तेजित पार्ने प्रयास गरेका थिए।

अध्यक्ष प्रचण्डले नै ‘ननभेज’ आन्दोलनमा उत्रन भन्दै कार्यकर्तालाई आवेगमय र आक्रामक आन्दोलनका लागि आह्वान गरिसकेको अवस्थामा सातै प्रदेशबाट मानिसहरु उतारेर काठमाडौंमा दुई लाख संख्या पुर्‍याउने रणनीति बनाएको खुलेको छ।

प्रदेश २ बाट कार्यकर्ता काठमाडौं ल्याउनका लागि सवारीसाधन रिजर्भ गर्ने काम सुरु भइसकेको एक स्थानीय नेताले बताए। उनले कार्यकर्तालाई काठमाडौंका भ्रमण दौरान खानपिनको पनि पूरा व्यवस्था गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय