बुधबार , फागुण १६, २०८०

नेपाली कांग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ ।

 

सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ ।

 

सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ ।सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ ।शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

 

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय