बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गर्दै निसन्तान हुनु दोष नभएको बताएका छन् । उनले आफू निसन्तान नहुनु पनि दोष नभएको बताएका छन् ।

‘म निसन्तान भइनँ मेरो दोष हो । केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन भने उहाँको दोष हो र ?’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग विशेष अन्तवार्ता दिदै प्रचण्डले भने ।

ओलीले प्रचण्डले परिवारलाई मात्र प्राथमिकतामा राखेर कदमहरु चालिरहेको आरोप लगाउँदा प्रचण्डले यस्तो भनाई सार्वजनिक गरेका हुन् ।

प्रचण्डले आफ्नो परिवारका सदस्यहरुको राजनीतिमा ठुलो योगदान भएको स्मरण गराए । ‘यु’द्ध’का बेलामा मर्न हिंडेका होइनन् र ? जेलनेल यातना भोगेर आएका हुन् र ? क्रान्तिमा सबै होभिए त्यो मेरो दोष हो,’ उनले भने,‘भैरवनाथ गणमा तीन वर्ष लापता भएर यातना खाएर बसे ।

रोल्पा रुकुमका भीरपाखामा कुदे मेरा छोरीहरु ।’ उनले आफूले यु’द्ध’मा छोराछोरीलाई विदेशमा पढ्न नपठाएको समेत बताए ।

ओलीले आफूलाई सिध्याउने उद्देश्यमा अहिलेको कदम चालिरहेको आरोप लगाए । उनले ओलीमाथि जालझेल र ष’ड्य”न्त्रको आरोप लगाए ।

उनले भने,‘केपीजीको एकमात्र उद्देश्य प्रचण्डलाई सिध्याउने रहेछ ।’ प्रचण्डलाई सिध्याउनका लागि गणतन्त्र नै सखाप पार्न खोजेको आरोप लगाए ।

संविधानलाई कुल्चने काम भएको र हत्या नै गर्न खोजिए देश अराजकताको भुँमरीमा फस्ने खतरा औल्याए ।

आफू मूलधारको राजनीतिमा आइसकेको तर ओलीको कदमविरुद्ध वि’द्रो’ह गर्नेहरु अरु निस्कने र त्यसलाई दमन गर्न खोज्दा अराजकता निम्तनसक्ने बताए ।

उनले भने,‘संविधानको ह’त्या गर्ने कार्य भएमा नेपाल फेरि अराजकताको सुरुङभित्र पस्यो ।’

ओलीले देशमा राजा नफर्कने बताए । राजावादी सलबलाएको प्रश्नमा उनले भने,‘सलबलाउनेहरु सलबलाइरहन्छन्, इतिहासको चक्का पछाडि फर्कदैन ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र बचाइने बताए ।

आफूमा आवेग र आक्रोश भएको बताए । उनले धेरै सघर्ष गरेर ल्याएको गणतन्त्रको शिशुको ह’त्या गर्न खोजिए सहन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय