शुक्रबार , चैत्र १६, २०८०

अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् ।

गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा ४६ औं राष्ट्रपतिमा निर्वाचित उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो ।

अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था रहेको छ ।

बाइडेनले कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रपतिको सपथ ग्रहण गर्ने छन् । उनको सपथग्रहण कार्यक्रममा अमेरिकी नेशनल गार्डका १० हजार सुरक्षाकर्मी तैनाथ हुने जनाइएको छ ।

बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणाको तयारी भइरहेका बेला वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको आक्रमणलाई मध्यनजर गर्दै उनको सपथ ग्रहण कार्यक्रममा कडा सुरक्षाको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय