शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् ।

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’

आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, ‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’

जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उनले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताए ।

केपी ओलीलाई भित्तामा पुर्‍याइदिन सक्छु : प्रचण्ड ( पुरै भिडियो सहित )

नेपालमा अहिले राजनैतिक अस्थिरता चलिरहेको छ । देश अहिले बिकास भन्दा पनि बिनास तिर लम्किरहेको छ ।

देश र जनता को पिर कसैलाई छैन । सत्ता र शक्ति को आडमा बसेर देश र जनता को रस चुश्न नेताहरु आतुर छन ।

हरेक दिन हरेक किसिमका रंग-बिरंगी प्रतिकृया अहिले नेपाली राजनीति मा चलिरहेका छन । यसरी नै एक आपसमा दोषारोपण गर्ने गरेका छन अहिले माधव कुमार नेपाल, प्रचण्ड र केपी शर्मा ओलीबिच ।

अहिले पछिल्लो समयमा प्रचण्डले दिएको भाषणमा प्रधानमंत्रीलाई आफुहरु छुट्टाएको मा धन्यवाद व्यक्त गरेका छन र भनेका छन “केपी ओलीलाई भित्तामा पुर्याइदिन सक्छु ”

त्यतिमात्र भनेनन , कुरामा कुराथप्दै भने “मैले अब कसैसँग केहि सोध्नै परेन मलाई बहुमतको मोर्चाको अध्यक्ष बनाउनुभएकोमा धन्यवाद ”

थप भिडियो यहाँ हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय