बिहिबार , फागुण १०, २०८०

जबकि ६ जेठ २०७३ मा मात्रै बादल माओवादीमा फर्किएका थिए । २०६९ मा मोहन वैद्य, सीपी गजुरेल लगाायतलाई साथ दिँदै पार्टी विभाजन गरेका बादललाई माओवादी केन्द्रमा फर्किएको डेढ वर्षभित्रै यो तहको अवसर दिइयो ।

 

उसो त, २०३७ सालदेखि भूमिगत राजनीति गरेका बादललाई माओवादी सशस्त्र विद्रोहका एक प्रमुख योजनाकार मानिन्छ । त्यसैले माओवादीभित्र उनी प्रभावशाली भूमिकामा रहे, अवसर लिए । २०६४ को चुनावपछि प्रचण्ड प्रधानमन्त्री हुँदा डा.बाबुराम भट्टराई अर्थमन्त्री र बादल रक्षामन्त्री थिए ।

 

त्यसबेला एमालेका बामदेव गौतम गृहमन्त्री भएकाले प्रचण्ड सरकारमा बादल शक्तिशाली मन्त्रालयकै जिम्मेवारीमा थिए । अझ सशस्त्र विद्रोहबाट माओवादी भर्खरै शान्ति प्रक्रियामा आएको त्यो अवस्थामा रक्षा मन्त्रालयको नेतृत्व अर्थपूर्ण थियो । माओवादीले बादललाई त्यही मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

 

तर संविधान नबन्दै वैद्यसँगै बादल पनि पार्टीबाट अलग भए । संविधान बनेपछि मात्रै माओवादीमा फर्किए । बाबुरामले पनि पार्टी छोडेका बेला माओवादी केन्द्र फर्किएका बादल पार्टीको नेतृत्व गर्दै ओली नेतृत्वको सरकारमा गए ।

 

अर्थात् राजनीतिक उतारचढाबकै कारण बादलले राम्रै राजकीय अवसर पाएका थिए । तर त्यही अवसरको (गृहमन्त्री) पछि लाग्दा बादल अहिले लगातार राजनीतिक क्षति बेहोरिरहेका छन् । एमालेतिर लागेपछि माओवादी केन्द्रको कारबाहीमा परी राष्ट्रियसभा सदस्य गुमाएकै कारण ६ जेठ २०७८ मा गृहमन्त्रीबाट पदमुक्त भए ।

 

त्यसदिन बादलले दोहोरो क्षति खेप्नु परेको थियो । बादल कारवाहीमा परेकै कारण रिक्त स्थानमा फेरि एमालेलाई उनैलाई उम्मेदवार बनायो । तर उनी खिमलाल देवकोटासँग पराजित भए ।कलम चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल निकट (त्यसबेला एमाले विभाजित भइसकेको थिएन) को समर्थन थियो ।

 

आफैले हुर्काएको पार्टी (माओवादी), राष्ट्रियसभा सदस्य र गृहमन्त्री गुमाएका बादललाई खुशी पार्न ओलीले नैनकला थापालाई सञ्चारमन्त्री नियुक्त गरे । तर दुई हप्ता पनि टिक्न पाएनन् । २७ जेठ २०७८ मा भएको थापाको मन्त्रीको नियुक्ति ८ असारको आदेशबाट बदर भयो ।

 

२८ असार २०७८ मा दोस्रोपटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि त ओली नै पदमुक्त भए भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ । त्यसैले कुनै राजकीय अवसर बादलले पाउने कुरै भएन ।

 

पार्टी भूमिकामा पनि बादलको प्रभाव छैन । उनी, एमालेमा ६ मध्ये एक उपाध्यक्ष हुन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे जस्ता बलियो पृष्ठभूमि र प्रभाव रहेका नेताहरुको लहरमा बादललाई एमाले पंक्तिले नवप्रवेशीको सहानुभूति मात्रै राख्छ ।

 

उनी निकट एक नेता भने, लाभको पद मात्रै सबथोक नरहेको बताउँछन् । ‘प्रत्यक्ष तर्फ उहाँलाई समस्या छ, समानुपातिक तर्फ पनि प्राविधिक समस्या देखिएको हो’ ती नेता भन्छन्, ‘राजनीतिमा यसैलाई ठूलो रुपमा लिन हुन्न ।’

 

बादलकै साथ लागेर एमालेमा लागेका अन्य मुख्य नेताहरु भने प्रत्यक्षतर्फ सिफारिस भएका छन् । कैलाली–४ बाट लेखराज भट्ट, रौटहट–३ बाट प्रभु साह, अर्घाखाँचीबाट टोपबहादुर रायमाझी र कैलाली–३ बाट गौरीशंकर चौधरी त एकल प्रस्तावित उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय