बिहिबार , बैसाख १३, २०८१

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी संसदीय निर्वाचनलाई दश वर्ष भित्रमा दक्षिण एसियामा नेपाललाई सम्पन्न मुलुक बनाउने अभियानको रुपमा अगाडि बढाउने प्रतिवद्ध ता व्यक्त गरेका छन् ।

 

मन्त्री कार्कीले आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रुपमा मात्रै नलिई आफूहरुले १० वर्ष भित्रमा कमसेकम नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अघि बढाउने बताए ।

 

 

 

अहिले हामी निर्वाचनको संघारमा छौँ । र, हामीले जनतालाई केबल मत माग्ने र मत दिने एउटा मेसिनको रुपमा होइन,” उनले भने, “अब समुन्नत नेपालः समृद्ध नेपाली र १० वर्ष भित्रमा कमसेकम दक्षिण एसियामा सम्पन्न मुलुकको ।

 

रुपमा नेपाललाई चिनाउने अभियानको रुपमा यो निर्वाचनमा हामी जनताको सामु जानु पर्दछ । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’को शुभारम्भ गर्दै उनले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दाबी समेत गरे ।

 

केहीले मुलुकको अर्थतन्त्र श्रीलंकाको हालतमा अघि बढेको भन्दै भ्रम सृजना गरिरहेको तर त्यस्तो हुनै नसक्ने मन्त्री कार्कीको भनाइ थियो ।मैले धेरै सार्वजनिक फोरमहरुमा बोलेको छु कि हाम्रो अवस्था श्रीलंकाको जस्तो हुँदैन । हुन दिनु पनि हुँदैन,” उनले भने, “हामीसँग धेरै सम्भावनाहरु छन ।

 

ती सम्भावनाहरुलाई अवसरको रुपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प छैन । मन्त्री कार्कीले निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको पटकपटक दोहो¥याए ।

 

 

 

उनले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय