शुक्रबार , बैसाख ७, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापतीसँग नराम्ररी चित्त दुखाएका छन् । उनले नेपाली कांग्ेसका सभापतीसँग चित्त दुःखाएका हुन् ।

 

प्रचण्डको भनाईपछि चितवन कांग्रेस झन् रुष्ट बनेको छ ।संसद्को आउँदो चुनावमा चितवनबाटै प्रतिस्पर्धा गर्ने बताएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनकै सहयात्री दल कांग्रेसको जिल्ला नेतृत्वप्रति चित्त दुखाइ गरेका छन् ।

 

 

केही दिनअघि भएको एक कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पुष्पकमल दाहाल र रेणु दाहालप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । जिल्लाका अन्य कांग्रेस नेताहरूले पनि आउँदो निर्वाचनमा चितवनमा कांग्रेसका नेता–कार्यकर्ता, समर्थक

 

, शुभचिन्तक र मतदाताले रूखबाहेकका चिह्नमा मत हाल्नुपर्ने अवस्था आउन नदिने बताउने गरेका छन् ।कांग्रेसका नेताहरूबाट चितवनमा व्यक्त हुन थालेको यो अभिव्यक्ति उचित नभएको दाहालले बताए । ‘मैले त सोच्थें कमसेकम चितवनका नेता–कार्यकर्ताहरू खुसी भए होलान्, उनीहरूले मलाई, माओवादीलाई धन्यवाद भन्लान्,

 

अब हामी राम्रैसँग मिलेर जान्छम् भन्लान् भन्ने ठानेको त प्रचण्डलाई, रेणुलाई खेद्नुपर्छ भनेर यहाँका सभापतिहरूले बोले,’ उनले भने ।केपी ओली प्रवृत्ति अन्त्य गरी संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न गठबन्धन बनेको उनले बताए । चितवन कांग्रेस नेतृत्वले आफ्नो वर्ग स्वार्थअनुरूप बोलेको र यो लडाइँ पनि आफूले हेर्ने दाहालले बताए ।

 

आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र हुने उनको भनाइ थियो । भरतपुरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा दाहालले भने, ‘चुनाव आउँदै छ र यो चुनाव आउँछ, जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदै छ । महाभारत हुँदै छ ।’

 

 

 

कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उनले अपिल पनि गरे ।राष्ट्रिय महाधिवेशन चितवनमा सारेर केपी ओलीले आफूलाई प्रहार गर्न खोजेको उनले बताए ।

 

 

 

‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ, चुनाव लड्न बर्दिया जान्छ कि कालीकोट जान्छ भनेर काठमाडौंमा भनियो । म चितवन छोड्दिनँ, म भाग्ने मान्छे हुँदै होइन,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय