धर्ममान्यता अनुसार हामो समाजमा नागको पुजा गर्ने प्रचलन प्राचिन समयदेखि चलिआएको छ । विशेष गरि नेपाल तथा भारतमा नागको पुजा गर्ने प्रचलन बढी छ ।

 

किम्बोदन्ती अनुसार नागले नै यो संसार थामेको छ भनि कति हिन्दुधर्मावलम्बीले बताउदै आएको पनि हाम्रो समाजमा सुनिन्छ । अझ नागलाई विशेष गरेर शिवजीको गहनाको रुपमा पनि हेरिन्छ ।बिशेष गरेर नेपालमा नागलाई देवता मानेर पुजा गरिन्छ । सबै नागलाई कश्यप ऋषि र कदुका सन्तान मानिन्छ । श्रावण महिनामा नागपञ्चमी त्योहार नागमा समर्पण गरिन्छ ।

 

नाग विशेष गरि दुई प्रकारको हुने मान्यता राख्दछन् १) शेष नाग २) कालीनाग यी कालीनाग अति रिसाहा हुन्छन् भन्छन् भने शेष नाग शान्त र ज्ञानी हुन्छन् भनि जनमानीसले भन्दै आएको हामीले सुनेका छौ ।कोहि मानीसहरुलाई पुर्वजन्म नागनागिनसँग जोडिएको तथा अहिले पनि मानिसहरुलाई नाग नागिनसँग जोडीएका प्रचलित मान्यताहरु छन् ।

 

जुन आज हामी हजुरहरु सामु नाग-नागिनको केहि प्रचलित रोचक मान्यताकोबारेमा चर्चा गर्ने प्रयास गर्दछौ ।इच्छाधारी नागले आफ्नो रुप बदल्न सक्छन् । नाग–नागिन बदलिन सक्छन् । तर नाग र सर्पमा फरक हुन्छ ।केहि दुर्लभ सर्पको पनि शीरमा मणि हुन्छ तर मणिहुनेसर्प नाग हैन ।एक सय वर्ष पुरा भएपछि नागले उड्ने शक्ति प्राप्त गर्छ ।नागको स्मरण शक्ति अत्याधिक हुुन्छ ।नाग जो कसैको शरीरमा आउन सक्छ ।

 

एक सय वर्ष पुरा गरेपछि मात्र नागको दाह्री आउन थाल्छ ।नागले आफैले प्वाल पार्दैन मुसाले बनाएको प्वालमा बस्छ ।नागमा मानवको रक्षा गर्ने शक्ति हुन्छ ।नाग मानिस बस्ने स्थानमा मात्र बस्छन् ।नाग संगीत सुनेर झुम्न थाल्छ ।नाग हेर्नु र मार्नु पाप हो ।ठुलो नाग शिवको अवतार हो ।

 

नागको फोटो घरको ढोका माथि राख्दा घरलाई कसैको नजर लाग्दैन ।नागले सबैभन्दा पहिला प्राकृतिक प्रलय, भुकम्प वा अन्य किसिमका संकेत पाउँछन् ।नाग एक मुखे मात्र नभएर १० मुखे पनि हुन्छन् ।नागको रुपमा देवता हुन्छन् जसले धर्तिका सबै प्राणीलाई आफ्नै सम्झन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय