बिहिबार , बैसाख १३, २०८१

काठमाडौं असोज ६

 

(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिनुभएको छ ।

 

 

बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमण्डीको संज्ञा दिनुभएको हो ।

 

 

 

उहाँले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमण्डी भएको बताउनु भयो । उहाँकै मान्छेहरु पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमण्डी बन्ने गरेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहे छ । त्यो घमण्डी नभएर अहंकार नभएर सरल जीवन बतिाउने कुरा ठूलो कुरा हो ।

 

 

 

मान्छेहरु पैसाको अहंकारले मात्तिएका हुन्छन्, कि सत्ताको अहंकारले मात्तिएका हुन्छन् । कि बलको अहंकारले मात्तिएका हुन्छन् । कि ज्ञानको अहंकारले मात्तिएका हुन्छन् ।

 

 

केही चिजले मात्तिएका हुन्छन् । क्वालिट भएर पनि विनम्र छ भने त्यो मान्छे नै सबैको पूज्य हुन्छ । स्व. थापा पनि त्यस्तै विनम्र हुनुहुन्थ्यो ।’

 

अध्यक्ष नेपालले स्व. थापामा विद्वतासँगै विनम्रताको उदाहरण रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय