सोमबार , अषोज १७, २०७९

काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आई जीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । एमा ले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाल लाई पार्टीमा स्वागत गर्नुभएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

एमाले प्रवेश गर्दै पूर्व आईजीपी खनालले अध्यक्ष ओलीजत्तिको नेपालमा अर्को कुनै नेता नभएको जिकिर गर्नुभयाे । उहाँ,,ले प्रहरीकाे जागिर खाँदादेखि आईजीपी हुँदासम्म ओली सरहको नेता अर्को नभेटिएकाले ओलीको भाषणबाट लालायित भएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशु नजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ । मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ ।

 

म उहाँका कुराबाट लालायित हुन्थेँ । अध्यक्ष कमरेडकाे राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ । नियम र विधिसम्मत काम गर्दा निर्धक्कको वातावरण बनाउने नेता सायद मैले अर्को भेटिनँ ।

 

एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु । नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु ।’

 

खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पार्नुभयो ।

 

उहाँले प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको बताउनुभयो । खनालले अध्यक्ष ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्रसमेत रहेको दाबी गर्नुभयो ।

 

पूर्व आईजीपी खनालले एमालेको इमानदार सिपाहीको रूपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताउनुभयो ।

 

उहाँले आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपाली बनाउने सबैभन्दा उत्तम पार्टी एमाले भएको बताउनुभयो ।

 

उहाँले नेपालको शिर सधैँ उच्च राख्ने काममा एमाले पार्टीमा रहेर अग्रपङ्क्तिमा रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय