बिहिबार , फागुण १०, २०८०

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्।

 

चुनावपछि

सकिन्छ भने माधव नेपालहरूलाई पनि ल्याऔँ । उहाँहरूलाई ल्याउन सकिँदैन भने पनि नाम परिवर्तन गर्ने दिन एकता घोषणा गरौँ ।’

 

यता शर्माले भने तत्काल एकता घोषणा गरौँ भनेर भट्टराईलाई मनाउन खोजिरहन्छन् । करिब डेढ घण्टाको छलफल सकारात्मक रूपमा अघि बढे पनि ठोस निर्णय नभई टुङ्गिन्छ ।

 

शर्मा हिँडेपछि पाण्डेले भट्टराईलाई सुझाव दिन्छन्, ‘तपाईंसँग अब दुई–तीन वटा बाटोमात्र छ । एउटा भनेको तपाईं वैकल्पिक शक्तिमात्र भनेर हिँड्नुपर्‍यो । जो–जो तपाईंसँग बस्छन्, बस्छन् । नसक्ने छाडेर हिँड्छन् । तर जसको लागि तपाईंले वैकल्पिक राजनीति भनिरहनुभएको छ, उनीहरू तपाईंसँग हात मिलाउन आउँदैनन् । जति गरे पनि तपाईंलाई वैकल्पिक मान्दैनन् ।

 

अर्को भनेको ‘कम्प्रमाइज’को बाटोमा जानुपर्छ । यसमा एमालेसँग विचार वा कुनै पनि हिसाबले कुरा मिल्दैन । मिल्ने भनेको कि जसपासँग हो कि त माओवादीसँग हो । उपेन्द्रजीसँग नमिलेर भर्खरै छुट्टिएका छौँ । अब मिल्ने भनेको स्वतः माओवादीसँगै हो । सक्नुहुन्छ भने प्रचण्डजीलाई तपाईंको मोडलमा मनाउन खोज्नुहोस् । हैन भने बीचको बाटो खोजौँ ।’

 

अझै पनि बाबुराम माओवादीमै फर्कन भने तयार थिएनन् ।त्यो दिनको छलफलपछि भोलिपल्ट भट्टराई र पाण्डेले शर्माको प्रस्तावबारे गंगा श्रेष्ठसँग छलफल गर्छन् । छलफलमा तीन नेताले चुनावअघि एकता नै भन्दा पनि एकता समायोजन समिति बनाएर कार्यगत एकता गर्ने गरी जाने सहमति गर्छन् । र, माओवादी अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि ठोस कुरा गर्ने निर्णय गर्छन् ।

 

प्रचण्ड जापानबाट फर्किने दिन साउन २५ गते नेताहरू फेरि साझा धारणा बनाउन जुट्छन् । बैठकमा नेसपाबाट भट्टराई, श्रेष्ठ र पाण्डे, माओवादीबाट शर्मा सहभागी हुन्छन् । त्यो छलफल पनि चुनाव अघि एकता कि चुनाव पछि एकता गर्ने विषयमै रुमलिन्छ ।

 

साँझ प्रचण्ड जापानबाट फर्किएपछि दुई पार्टीबीच छलफल गर्ने मिति तय हुन्छ । त्यसपछि हात्तीवनमा भएको भेटमा प्रचण्ड र भट्टराईसहित अन्य नेता पनि सहभागी हुन्छन् । तर सो छलफल बिना निष्कर्ष सकिन्छ ।

 

यसरी धेरै जना बसेर छलफल गर्नेभन्दा पनि दुई अध्यक्ष ‘वान टू वान’ बसेर पहिला छलफल गर्न नेताहरूले दुई अध्यक्षलाई सुझाव दिन्छन् । त्यसै अनुरूप भोलिपल्ट खुमलटारमा प्रचण्ड र भट्टराईमात्र छलफलमा जुट्छन् ।

 

छलफलमा प्रचण्डले सुरुमै भट्टराईलाई प्रस्ताव राख्छन्, ‘मैले पनि एमालेसँग एकता गरेर एउटा प्रयास गरेँ । तपाईंले पनि वैकल्पिक शक्ति भनेर एउटा अभ्यास गर्नु भयो । दुवै असफल भइयो । अब पाठ सिकेर नयाँ तरिकाले सँगै अगाडि बढौँ । अहिले चुनाव चिह्न र घोषणापत्र एउटै बनाएर जाऔँ । चुनावपछि नाम परिवर्तन गरौँला, समाजवादी बाटोमा लागौँला ।’

 

प्रचण्डले नै यसरी प्रस्ताव गरेपछि भट्टराई पनि त्यो कुरामा सहमत हुन्छन् । अनि भावुक हुँदै हात मिलाएर त्यहाँबाट छुट्टिन्छन् ।योसँगै २०७२ साल असोज ९ गते माओवादी पार्टी छाडेका बाबुराम भट्टराई पुनः हँसिया–

 

 

हथौडा चुनाव चिह्न लिएर लड्न सहमत भएका छन् । एउटै चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ता गर्नका लागि दुई दलले आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय