काठमाडौँ । नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले नागरिकताको विषयलाई मुख्य मुद्दा बनाएर चुनाव जाने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरणका लागि बठाएको नागरिकता विधेयक अस्वीकार भएपछि विश्वकर्माले यस्तो बताएका हुने ।

 

 

 

व्यवस्थाविरुद्धको राष्ट्रपतिको कदम भएकाले संविधान बचाउने प्रमुख विषय भएर आएको सचेतक विश्वकर्माले बताए । विधानको दायरा राष्ट्रपतिले कुल्चिएकाले यही मुद्दा बनाएर चुनावमा जाने उनको भनाई छ ।

 

यहि विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री निवास, बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुनेछ ।

 

‘गठबन्धनको सरकार भएकाले कांग्रेसको मात्रै धारणा भन्दा पनि सत्ता घटकका दलका शीर्ष नेताको बैठकबाट साझा धारणा आउँछ,’ सचेतक विश्वकर्मा भने ।

 

बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुनेछ । सङ्घीय संसद्ले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय