आइतबार , फागुण २०, २०८०

काठमाडाैं असोज ६

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकाे अपमान गरेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।

 

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयाेजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको बताउनुभयाे । गठबन्धनको सरकारले दिमागले नभइ शक्तिले शासन गरिरहेको उहाँले बताउनुभयाे ।

 

‘उहाँहरू जनतालाई अलमल्याउन चाहानुहुन्छ, उहाँहरूको दिमाग, मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, उहाँहरू मसलबाट सोच्नुहुन्छ आजकल, पाखुराबाट सोच्नुहुन्छ, दिमाग भएजस्तो लाग्दैन, दिमागको त कुरै गर्नुहुन्न, राष्ट्रपतिजीले पुनर्विचार गर्ने कि भन्नुभयो- उहाँहरूले पाखुरा ठट्याउँदै नगर्ने भन्नुभयो ।’

 

संसद्ले नचिनेका मान्छे भेला भएर नागरिकताजस्तो विषयमा राजनीति गरेको र राष्ट्रपतिकाे मजाक उडाएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘बाहिर-बाहिर बसेर अनाडि मान्छे भेला भएर,

 

 

 

अनाडि मान्छे बसेर, संविधानले नचिनेका व्यक्ति बसेर राष्ट्रपतिको मजाक उडाउने काम भएको छ,कुसंस्कार,अलाेकतान्त्रिक संस्कार र त्यसकाे निर्लज्ज प्रयाेग याे गठबन्धनले गरेकाे छ,यसले राष्ट्रपतिकाे अपमान गर्नु आफ्नाे महानता ठानेकाे छ ।’

 

संविधानको धारा १८१ ले कुनै पनि विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि लैजानुअघि परामर्श गर्नुपर्नेमा गठबन्धन सरकारले त्यो नगरेको र राष्ट्रपतिलाई विवादमा तानिरहेको उहाँले बताउनुभयाे ।

 

अध्यक्ष ओलीले भन्नुभयाे – ‘मैले संसद्को १ वर्ष अगाडि नै भनेको थिएँ- संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस्, संविधानको पालना सरकारले गरोस्, संविधानले विधेयकहरू संसद्‍मा पेस गर्नुअघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ, राष्ट्रपतिसँग

 

 

स्वीकृति लिनुपर्छ, राष्ट्रपतिलाई ब्रिफिङ गरेको हुनुपर्छ भन्छ, यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एक पल्ट पनि पालना गरेन,उल्लंघन गरेकाे छ,त्यसकारण मैले भनेकाे हूँ यसले दिमागकाे भाषा बाेल्दैन मसलकाे भाषा बाेल्छ ।’

 

अंहकार र मसलकाे भाषा नबाेल्न उहाँले सरकारलाई चेतावनी दिनुभयाे । सत्तामा भएकामा अहंकार बढ्याे भने त्याे तानाशाही हुने अध्यक्ष ओलीले बताउनुभयाे । गठबन्धनबाट संविधान र कानुनकाे पाइलैपिच्छे उल्लंघन भइरहेकाे बताउनुभयाे ।

 

गठबन्धनले जाेडेकाे बहुमतकाे धाक लगाएकाे अध्यक्ष ओलीले बताउनुभयाे । मंसिर ४ गते जनताले यसकाे हिसाबकिताब जनताले गर्ने बताउँदै उहाँले भन्नुभयाे –

 

‘मंसिर ४ गते गठबन्धनका १-१ अपराधकाे फैसला हुनेछ,जनताले गठबन्धनलाई पराजित गरेर छाेड्नेछ र नेकपा एमालेलाई विजयी बनाउनेछ ।’

 

एमालेकाे गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएकाे तर गठबन्धनकाे गन्तव्य आफ्नाे मात्रै समृद्धि भएकाे बताउनुभयाे । देशका लागि काम गर्दैछु भन्न गठबन्धनका नेतालाई चुनाैती पनि दिनुभयाे । एमालेले देश र जनताका लागि काम गर्ने बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय