बिहिबार , फागुण १०, २०८०

काठमाडौं असोज ६

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकुको भत्ता कुम्ल्याएके अरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाल पनि परिवारबाद बाहिर जाननसकेको बताउनुभएको छ ।

 

 

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको बताउनुभयो ।

 

‘प्रचण्डको बारेमा धेरै भन्नु छैन। युवाहरुलाई भावनामा बगाएर अनेक गतिविधि गर्नुभयो। सहिदका परिवारको अवस्था के छ रु तपाइँलाई त आफ्नै परिवार सुम्सुम्याएर बस्दा ठिक भएको छ। किन जनयुद्धका थोत्रा कुरा गर्नुहुन्छ।

 

’उहाँले भन्नुभयो, ‘तपाइँले जम्मा गरेर भत्ता कुम्ल्याएर अयोग्य लडाकु भनेर हटाइएको होइन।’ स्कुलबाट थुतेर लगेका युवाहरुको अहिलेको अवस्था कस्तो छ फर्केर हेर्न ओलीले आग्रह गर्नुभयो।।

 

‘तपाईंले पढाइ बिगारेका युवाहरु के गर्दैछन् रु तीनको नाममा तपाइँले भत्ता लिएको होइन। आज के हालतमा छन् उनीहरु रु तिनीहरूको बारेमा सोच्नुभयो रु सबै नाटक तपाईंको’ उहाँले भन्नुभयो।

 

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो परिवारभन्दा बाहिर केही नदेख्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्री शेरबहादुरजी सोझो हुनुहुन्छ। सत्ता आफन्त चिन्नुहुन्छ। अरु त्यति धेरै मतलब पनि छैन उहाँलाई।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय