बिहिबार , फागुण १०, २०८०

काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा चुनावमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन्।

 

बिहीबार च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मियाँ लगायतलाई पार्टीमा प्रवेश गराएका हुन्।

 

मियाँ काठमाडौं ६ मा स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाडेका थिए। उनी विवेकशील साझाको केन्द्रीय सदस्य र युवा संगठनको अध्यक्ष छाडेर स्वतन्त्र उठ्ने घोषणा गरेका थिए।

 

उनलाई पार्टी प्रवेश कार्यक्रममा विवेकशील साझाका संस्थापक सदस्य भनेर चिनाइएको थियो।गत असार ११ गते मियाँले आफू काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय