बिहिबार , बैसाख ६, २०८१

काठमाडौं:

चीनले गोर्खाली सेनाबारे चासो देखाएपछि भारतभर तरङ्ग पैदा भएको छ ।

प्रायः अफवाहको उपनामले चिनिने भारतीय मिडियाले भिडियो रिपोर्ट तयार पारेको छ र सो रिपोर्टमान नै चीनको काठमाडौंस्थित दूतावासले चीनको एक गैर

सरकारी संस्था ‘चाइना स्टडी सेन्टर’लाई यसबारे अनुसन्धान गर्न भनेको ठोकुवा गर्रिएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले चाइना स्टडी सेन्टरलाई नेपाली युवाहरु किन भारतीय सेनाको गोर्खा रेजिमेन्टमा भर्ना हुन्छन् भन्नेबारे खोजी गर्न भनेको रिपोर्टमा उल्लेख गरिएको छ ।

दूतावासले गैर सरकारी संस्थालाई चीन र भारतबीचको तनावले नेपालमा के कस्तो सामाजिक आर्थिक प्रभाव पारेको छ भन्नेबारे पनि अनुसन्धान गर्न भनेको छ । उक्त भिडियो रिपोर्टले भारतभर हलचल नै मच्चाएको छ ।

भारतको रक्षा वृत्तमा यसले नयाँ तरंग ल्याएको छ । यस विषयमा भारतीय रक्षा विज्ञहरुले नेपालको दुष्प्रचार गर्ने प्रयास गरेका छन् ।

उनीहरुले चीनको चासोलाई नेपाल–भारत सीमा विवादबाट चीनले फाइदा उठाउन चाहेको र नेपालले चीनको उक्साहटमा सीमा विवाद उठाएको भन्दै दुष्प्रचार गरिरहेका छन् ।

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेनामा नेपाली गोर्खा सैनिक भर्तीबारे १९४७ मा भएको नेपाल–भारत–बेलायत त्रिपक्षीय सम्झौताको औचित्य सकिएको टिप्पणी गरेपछि यो विषय चर्चामा आएको हो ।

परराष्ट्रमन्त्री ज्ञवालीले यो सम्झौताले विगतमा ठूलो संख्यामा रोजगारी सृजना गरेको भए पनि यो अतीतको विरासत भएको र अहिले यसको औचित्य सकिएको हुँदा यो सम्झौताको समीक्षा गर्नुपर्ने टिप्पणी गरेका थिए ।

नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जीभसिंह पुरीले यदि नेपालले गोर्खा भर्ती रोक्ने निर्णय गरेमा गोर्खाली मूलका (मगर, गुरुङ, राईलगायतमा मंगोलियन समुदाय) भारतीय नागरिक युवाहरुबाटै गोर्खा रेजिमेन्ट परिपूर्ति गरिने बताएका थिए ।

रेले प्रस्ट शब्दमै नेपालका मित्रराष्ट्रसँग भारतको तनाव हुँदा त्यहाँ गोर्खाली (नेपाली) सैनिक तैनाथ नगर्ने कुरा अस्वीकार्य भएको बताएका थिए ।

यसअघि पटक–पटक चीन वा पाकिस्तानविरुद्धको संघर्षमा भारतले गोर्गाली सैनिक तैनाथ गरेको विषयमा नेपालबाट विरोध हुँदै आएको छ ।

भारतीय सेनामा गोर्खा रेजिमेन्ट सुरक्षाको हिसाबले बलियो स्तम्भ हो । गोर्खा रेजिमेन्टकै आडमा भारत यस क्षेत्रमा शक्तिशाली देशको रुपमा उभिएको पृष्ठभूमिमा चीनले यसरी गोर्खाली सेनाबारे चासो देखाएपछि भारत आत्तिएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय