बुधबार , बैसाख १२, २०८१

काठमाडाैं असोज ६

 

नेपाली प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्नुभएकाे छ ।

 

 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयाेजित कार्यक्रममा सयाैं समर्थकसहित एमाले प्रवेश गर्नुभएकाे हाे । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएकाे छ ।

 

एमालेले उहाँलाई आगामी निर्वाचनमा कुनै क्षेत्रबाट उम्मेदवार बनाउने सम्भावना रहेकाे बताइन्छ

 

 

माधवकाे पार्टी प्रचण्डमा विलय हुँदैछ,त्यहाँ अब काेही बस्दैनन् – प्रकाश पाख्रिन

 

‘१३ महिनासम्म पार्टीबाट टाढा रहँदा निक्कै गलानी महशुस भयाे, त्यसैले आफ्नै घर फर्किएँ’- संविधानसभा सदस्य प्रकाश पाख्रिनले भन्नुभयाे ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा बुधबार साँझ आयाेजित कार्यक्रममा एकीकृत समाजवादी छाेडेर एमालेमै फर्किएकाे घाेषणा गर्दै पाख्रिनले त्यसाे भन्नुभएकाे हाे । सर्लाही क्षेत्र नम्बर-१ बाट निर्वाचित संविधानसभा सदस्य पाख्रिन एकीकृत समाजवादीका केन्द्रीय सदस्य पद छाेडेर एमालेमै फिर्ता हुनुभएकाे हाे ।

 

संगठन निर्माणका क्रममा उत्तरचढाव आउनु सामान्य कुरा हाे भन्ने बुझ्न नसकेर आफू एकीकृत समाजवादीमा लागेर र अहिले पछुताे भएकाे उहाँले बताउनुभयाे । हिजाे पार्टी नेतृत्व र आफूहरुबाट गल्ती भएकाे भन्दै नेता पाख्रिनले सम्हालिन नसक्दा १३ महिना अलग बस्ने अवस्था आएकाे बताउनुभयाे ।

 

एकीकृत समाजवादी प्रचण्डकाे पार्टीमा बिलय हुने तयारीमा रहेकाे भन्दै उहाँले यस्ताे अवस्थामा घर फर्किनुभएकाे विकल्प नरहेकाे बताउनुभयाे ।

 

एकीकृत समाजवादीमा विकृति विसंगति मात्रै रहेकाे बताउँदै नेता पाख्रिनले भन्नुभयाे – ‘माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट विद्रोह गरेर गएको भनिएका सबै साथीहरू एमालेमै फर्किनुहुन्छ, अब माधवकाे पार्टीमा काेही बस्दैन ।’ पाँच दलीय गठबन्धनमा प्रचण्डकाे हालीमुहाली चल्ने गरेकाे पाख्रिनले सुनाउनुभयाे ।

 

सूर्यबाट चुनाव जितेकाे मानिसले हसिया हताैडामा भाेट हाल्दा निक्कै मन राेएकाे उहाँले सुनाउनुभयाे । ‘स्थानीय तह चुनावमा हसिँया हताैडामा भाेट हाल्नुपर्दा मन तरक्क रह्याे, १-२ जना बाहेक अरुलाई भाेट हालेनाैं’-उहाँले भन्नुभयाे ।

 

आफ्नाे घर फर्किन पाउँदा निक्कै खुशी लागेकाे भन्दै पाख्रिनले अब संगठनलाई झन् बलियाे बनाउनतिर लाग्ने प्रतिबद्धता जनाउनुभयाे । सर्लाहीमा एकीकृत समाजवादीकाे सिंगाे कमिटी नै एमालेमा बिलय भएकाे छ । अधिकांश नेता एमालेमै फर्किसकेका छन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा बुधबार साँझ आयाेजित कार्यक्रममा पाख्रिन सहित एकीकृत समाजवादीका नेताहरु एमाले प्रवेश गर्नुभएकाे हाे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय