नेपाली राजनीति:

प्रधान मंत्री केपी शर्मा ओलीले संसद बिघटन गरेसँगै देश भर का बिभिन्न स्थानमा बिरोध पर्दशन भईरहेको छ ।

एकातिर सत्ता पक्ष कै बिरोध छ भने अर्कोतिर प्रतिपक्ष रअन्य राजनैतिक दलहरुले बिभिन्न तरीकाबाट बिरोध गरीरहेका छन । प्रतिपक्ष भन्दा पनि अहिले नेकपा मै कलह मच्चिरहेको छ ।

नेकपा को आधिकारीकता कसले पाउने र सूर्य छाप कस्ले प्राप्त गर्ने भन्ने होडबाजी मच्चीएको छ । नेकपामा तिन धुर्व : पुर्व एमाले का निर्वाचित अध्यक्ष साथै नेकपा एमाले का संस्थापक अध्यक्ष हुन केपि शर्मा ओली ।

उनी अहिले चुनाव गराउने भनेर संसद बिघटन गरेपछि आफ्नो प्यानलका नेता तथा कार्यकर्ताहरुलाई भेटघाट ,संगठन बिस्तार र गतिशिलता दिन लागिपरिरहेका छन ।

बिभिन्न ठाउँमा गरीएका भाषणहरुमा प्राय उनले रमाईलो हस्यौली पारामा प्रतिकृया दिने गर्दछन । उनी नेकपालाई एक हुन भन्दा टुक्राउने पक्ष मा रहे का छन ।

त्यस्तै गरी अर्का जोडिहुन प्रचण्ड र माधव कुमार नेपाल । उनीहरु संसद बिघटन भएसँगै ओलीको बिरोध मा उत्रिएका छन । सँधै चिन्तित पारामा देखिने यो जोडिले केपी शर्मा ओलीलाई पार्टिको सदस्यता समेत नदिने निर्णय गर्न लागेका छन ।

यो प्यानलको अध्यक्ष मा माधवकुमार नेपाल र प्रचण्ड रहेका छन । झलनाथ खनालले पनि प्रचण्ड र माधवको गुट समाएका छन भने पछिल्लो समयको भाषणको चौतर्फि बिरोध भएपछि उनी अहिले सक्रिय भएका छैनन ।

उनलाई सर्प पालनको लागि नेपाल सरकारले 75 करोड दिने निर्णय गरेको थियो । अर्का गुटका नेता हुन बामदेव गौतम, यिनको अरुको जस्तो एजेण्डा छैन तर उनी नेकपा नफुटोस भनेर नेकपा एकता अभियान चलाईरहेका छन ।

बिभिन्न स्थानमा देखिने कार्यक्रममा प्राय केपी ओली हँसिलो र रमाईलो पारामा उपस्थिति जनाउँछन भने प्रचण्ड – नेपालको शैली आक्रमक र चिन्तित पारामा देख्न पाईन्छ ।

अन्तिम समय दिईएको भाषणको आधारमा हेर्ने हो भने प्रचण्ड र माधव पक्ष अब हिं’सा’त्म’क बाटो अपनाएर भएपनि सत्ता हातमा लिने रणनितीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय