मंगलबार , फागुण १५, २०८०

काठमाडौं ।

 

काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो ।

 

तर, खोला खोज्न फिल्डमा गएन । २०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो ।

 

उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।

 

टुकुचाको खोजीको विषय पटक-पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला-ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् ।

 

 

हेर्नुस –धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) लाई निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेपछि उनी आयोगमाथि खनिएका छन् ।

 

हर्कले आक्रोशित हुँदै भनेका छन्मेरो चुनावी खर्च २ लाख पनि छैन तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै हर्क आयोग विरुद्ध खनिएका हुन् । उनले सामाजिक संजालका मार्फत आफ्ना धारणाहरु राख्दै भनेका छन् साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु हो ।

 

उनले भनेका छन् मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ।’ त्यस्तै निर्वाचन आयोगले साढे ७ लाख जरिवाना तोकेपछि भरतपुरकी महानगरकी मेयरले मुख खालेकी छन् । उनले साढे ७ लाख जरिवाना अस्वभाविक र हास्यास्पद भएको भन्दै असन्तुष्टि पोखेकी हुन् ।

 

दाहालले आयोगको सूचना हेरेर अचम्मित बनेको बताइन् । उनले तोकिएको जरिवाना रकम अस्वभाविक रहेको उल्लेख गरिन् । निर्वाचन खर्चको सीमाभन्दा पनि बढी जरिवाना तोकिनु हास्यास्पद रहेको उनको भनाइ छ । ‘पहिले–पहिले पनि निर्वाचन धेरै आए र गए, तर यस्तो जरीवाना सुनिएको थिएन,’ उनले भनिन्, ‘आयोगले गर्न खोजेको के हो बुझ्न सकिएन ।’

 

बुझाउँदै नबुझाएको त होइन नि, केही ढिलाइ भएको मात्रै हो,’ उनले भनिन्, ‘कामको प्रेसरले गर्दा पनि त्यतातिर ख्याल भएन । तर, दुईचार दिन ढिला भयो भनेर यत्रो जरीवाना गर्न खोज्नु अन्यायपूर्ण भयो उनले थपिन् । केही दिन ढिलाइ गरेकोमा सांकेतिकरुपमा थोरै रकम तोकिएको भए केही थिएन । तर, यत्रो रकम जनप्रतिनिधले कहाँबाट ल्याउने रु भ्रष्टाचार गर, कमिसन खाउ, भन्न खोजिएको हो उनले भनिन्।

 

यसो यति मोटो रकम मागेपछि रेणु मात्र होइन जनप्रतिनिधि तथा उम्मेदवारहरु सबै आश्चर्यमा परेका छन् । खर्च विवरण बुझाउन ढिलाइ गरेको बहानामा आयोगले यसरी लाखौं जरिवाना ठटाउन खोजेपछि जनप्रतिनिधिहरु आत्तिएका हुन् ।

 

 

निर्वाचन आयोगले गत स्थानीय चुनावको खर्च विवरण बुझाउन ढिलाइ गर्ने वा नबुझाउने उम्मेदवारहरुलाई जरीवाना तोक्दै हिजो सूचना निकालेको छ ।

 

अन्य समाचार :– ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।आज (बुधबार) देशको बागमती प्रदेश, गण्डकीप्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

 

 

त्यस्तै, बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

बुधबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

बुधबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय