बिहिबार , फागुण १०, २०८०

नागरिकता विधेयक प्रमाणीकरण अश्विकार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि राजीनामाको दबाब बढेको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले पनि भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

 

संचारमाध्यमसँग कुरा गर्दै पूर्व राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भण्डारीले अनुचित कदम चालेको बताएका हुन् ।

 

आफ्ना केही व्यक्तिगत असन्तुष्टि भए पनि संविधानको संरक्षकका रुपमा त्यसको पूर्ण पालना गर्नु राष्ट्रपतिको कर्तव्य भएको भन्दै यादवले यो विषय न्यायिक परीक्षणको विषय समेत बन्ने बताए ।

 

संसद रहेको भए यो विषय महाअभियोगको विषय बन्ने भन्दै पूर्व राष्ट्रपति यादवले अबको विकल्प भने राष्ट्रपति भण्डारीको राजीनामा भएको उल्लेख गरेका छन् ।

 

यो पनि पढ्नुहोस

यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

 

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

 

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

 

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीयपार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

 

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय