बुधबार , फागुण १६, २०८०

काठमाडौं असोज ६

 

पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । पूर्वआइजीपी खनालले अध्यक्ष ओलीसँग भेट गरेपछि प्रवेशको टुंगो लागेको हो ।

 

 

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने लागेका हुन् ।

 

बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बन्ने गरी खनाल एमाले प्रवेश गर्ने भएका छन् ।

 

खनाल बारा र पर्सामा निकै लोकप्रिय छन् । प्रहरी सेवामा रहँदा दुवै जिल्लाको प्रमुख रहेका खनाललाई सो क्षेत्रका बासिन्दाले आफ्नो मसिहाका रुपमा मान्ने गरेका छन ।

 

डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भयो : एमाले

 

। नेकपा एमालेले आफ्नो पार्टीले साउन महिनामा नै संसदमा पार्टीका तर्फबाट डेंगुका सवालमा ठोस योजना र कार्यक्रमसहित त्यसको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गरेको भए पनि सरकार भने चुकेको बताएको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै त्यस्तो बताएका हुन् ।

 

‘२०७९ साउनदेखि देखा परेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरुको सङ्ख्या योभन्दा निक्कै धेरै रहेको छ ।

 

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ,’ विज्ञप्ति भनिएको छ ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’

 

स्वास्थ्य संस्थामा बिरामीहरूका लागि बेडसमेत नभएको उल्लेख गर्दै हजारौँको सङ्ख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य भएको पनि विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,

 

‘स्वास्थ्यकर्मीहरू समेत सङ्क्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अति आवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय