बिहिबार , फागुण १०, २०८०

शक्तिशाली बन्दै राप्रपा: विभिन्न पार्टीका १५० भन्दा बढी प्रभावशाली नेताहरुले गरे राप्रपा प्रवेशजनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् ।

 

जसपा नेतृ गुरुङ, सशस्त्र प्रहरी बलका पूर्वएआईजी श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य, महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत १६४ जना राप्रपामा प्रवेश गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।उनका अनुसार शनिबार पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरे ।

 

अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।

 

जबराविरुद्धकाे महाअभियोग अघि बढाउने कि नबढाउने भन्नेमा संसद् सचिवालय नै अलमलमा

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रक्रिया अघि बढाउने/नबढाउने भन्नेबारेमा सङ्घीय संसद् सचिवालय नै अलमलमा परेको छ ।

 

आइतवार सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रक्रिया अब कसरी अघि बढ्ने भन्नेबारेमा संसद् सचिवालयलाई छुट्टै अधिकार नदिएका कारण यही हुन्छ भन्न सक्ने अवस्था नरहेको बताउनुभएको हो ।

 

उहाँले महाअभियोग सिफारिस समितिले संसद् सचिवालयलाई निलम्बित प्रधानन्यायाधीश जबराको महाअभियोग समितिबाट बहुमतका साथ सचिवालयमा बुझाएको तर संसद् अधिवेशन अन्त्य भएकाले अबको प्रक्रिया के गर्ने भनेर स्पष्ट नरहेको बताउनुभयो ।

 

न्युज एजेन्सी नेपालसँग आइतवार कुरा गर्दै प्रवक्ता पाण्डेले सङ्घीय संसद्ले निर्देश गरेको अवस्थामा मात्रै संसद् सचिवालयले काम गर्ने बताउँदै तत्काल कुनै पनि नयाँ काम गर्ने परिस्थिति नरहेको उल्लेख गर्नुभयो ।

 

 

उहाँले भन्नुभयो, ‘ऐन, कानुनले यसै गर्ने भन्ने कुरा स्पष्टरूपमा बोलेको अवस्था छैन । महाअभियोग सिफारिस समितिले आफ्नो निर्धारित समयभित्र नै सभामुखलाई महाअभियोग कारबाहीको सिफारिस अघि बढाएर कारबाही गर्नुपर्छ भनेर प्रतिवेदन बुझाएको अवस्था हो ।

 

त्यहाँभन्दा अघि के हुन्छ भन्ने कुराको सन्दर्भमा कानुनी परामर्श लिएर अघि बढ्नुपर्ने अवस्था हुन सक्छ । अब आउने संसद्ले पनि यसबारेमा केही सोच बनाउला । अहिले यसै हुन्छ भन्न सक्ने अवस्था छैन । सङ्घीय संसद्ले निर्देश गरेको अवस्थामा मात्रै संसद् सचिवालयले काम गर्ने हो ।

 

हामीलाई छुट्टै अधिकार दिएको अवस्था छैन । नयाँ कुनै काम गर्ने परिस्थिति छैन । अधिवेशन चलिरहेको अवस्था, सङ्घीय संसद्को आफ्नो पदावधि कायम रहेको अवस्थाको हकमा यो नियमावलीले काम गर्ने हो ।

 

नियमावली अर्को नयाँ संसद् आइसकेपछि त्यसले नियमावली परिवर्तन गर्न सक्छ । संशोधन गर्ने उसको अधिकार हुन्छ । त्यही नियमावलीलाई प्रयोगमा ल्याउन पनि सक्छ ।’देशकै पहिलो शक्तिशाली पार्टी बन्दै राप्रपा, पार्टी प्रवेश गर्नेको लाग्यो लहर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय