मंगलबार , फागुण १५, २०८०

काठमाडौं असोज ५

 

भारतका लागि नेपालका पूर्वराजदूत एवं संविधानविद् निलम्बर आचार्यले राष्टपतिको कदमको स्वागत गरेका छन्। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर आलोचना भइरहँदा उनले भने राष्ट्रपतिको कदमको बचाउ गरेका हुन्।

 

 

निर्वाचनको मुखमा सम्पूर्ण प्रक्रिया नअपनाई व्यापक विचारविमर्शलाई पन्छाई नागरिकताजस्तो विषयमा निर्णय गर्नु नै गलत भएको उनको प्रतिक्रिया छ। कुटनीतिज्ञ समेत रहेका आचार्यले राष्ट्रपतिले सन्देशमा उठाएका प्रश्नको उपेक्षा गर्नु अर्को गल्ती भएको बताउँदै अब जे गर्छ चुनावपछिको संसदले गर्छ भन्दै टिप्पणी गरेका छन्।

 

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको जुलुस

 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

 

अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा विरोध प्रदर्शन गरेको हो ।

नागरिकता विधेयक रोकेर राष्ट्रपतिले नागरिकताको खुकुलो प्रावधानलाई अस्विकार गरेकोमा अनेरास्ववियुले स्वागत गर्दै जुलुस निकालेको हो ।

अनेरास्ववियुले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै प्रदर्शन गरेको हो ।

 

प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय