मंगलबार , फागुण १५, २०८०

 

पूर्वराजा ज्ञानेन्द्र शाहसँग कति छ सम्पत्ति ?

 

प्रकाशित मिति । ०५ असोज, २०७९ ।

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७४ वर्षमा प्रवेश गरेका छन् ।

 

नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भइसकेको छ । २०६५ सालदेखि पूर्वराजा ज्ञानेन्द्रले श्रीपेच र नारायणहिटी दरबार छाडेर निर्मल निवास र नागार्जुनमा बस्दै आएका छन् ।

 

राजा बीरेन्द्र र उनको परिवारको २०५८ साल जेठ १९ गते दरवारमा हत्या भएपछि ज्ञानेन्द्रले राजा बन्ने अवसर पाए । यसअघि नै उनका हजुरबुबा त्रिभुवन २००७ सालमा राणा शासन विरुद्ध भारतमा शरण लिन जादा तत्कालिन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई राजा बनाएका थिए ।

 

बाबु राजा बन्नु अगाडि राजा बने पनि ज्ञानेन्द्रको सक्रिय शासन गर्ने महत्वकाक्षांको कारण नेपालबाट राजतन्त्र बिदा भयो ।

 

राजा बन्नु अगाडि ज्ञानेन्द्र व्यवसायमा केन्द्रीत थिए । नेपालमा बेलाबेला भाइरल हुने गरेको समाचारमा उनलाई नेपालका १० धनी व्यक्ति भनेर समेत लिने गरिन्छ । यद्यपि यसमा सत्यता भने छैन ।

 

नेपालमा राजा ज्ञानेन्द्रको नेतृत्वमा नै पाँच तारे होटल सोल्टी खुलेको थियो ।

 

सोल्टी होटलमा उनको ४१ प्रतिशत सेयर स्वामित्व छ । सोल्टी होटल पब्लिक लिमिटेड कम्पनी हो । यसमा सर्वसाधारणको समेत सेयर छ भने नेपाल स्टक एक्सचेन्जमा समेत यो सूचिकृत छ ।

 

मंगलबारको कारोबार अनुसार सोल्टी होटलको बजार पूँजीकरण १४ अर्ब रुपैयाँ रहेको छ । ४१ प्रतिशत स्वामित्वको आधारले पूर्वराजा ज्ञानेन्द्रको ५ अर्ब ७४ करोड बराबरको सम्पत्तिको सोल्टी होटलमा छ ।

 

राजा बीरेन्द्रको परिवारको हत्या भएपछि पूर्वराजा ज्ञानेन्द्रको नाममा भएको सम्पत्ति भने गणतन्त्रपछि सरकारको नाममा आएको छ । नेपाल ट्रष्टको नाममा विभिन्न जिल्ला तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको सेयर स्वामित्व ज्ञानेन्द्रबाट सरेको थियो ।

 

पूर्वराजा ज्ञानेन्द्र झापामा गएर बस्ने टि स्टेटपनि उनको नाममा रहेको छ । यसबाहेक सुर्य नेपाल प्रालिको समेत पूर्वराजा ज्ञानेन्द्रको सेयर छ । सुर्य नेपाल प्रालिले वार्षिक ९ अर्ब नाफा कमाउने गर्छ । यसमा नेपाली लगानीकर्ताको समूहको ३९ प्रतिशत सेयर छ ।

 

नेपाली लगानीकर्तामा पूर्वराजा ज्ञानेन्द्रको सेयर राम्रो परिणाममा रहेको छ । यसबाहेक विभिन्न कम्पनीमा पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारको नाममा सेयर छ । मुख्यरुपमा नाफा कमाउने कम्पनीमा सोल्टी होटल र सुर्य नेपाल प्रालि हुन् ।

 

यसबाहेक पनि उनीसँग अर्बौंको चलअचल सम्पत्ति भएको बताइन्छ ।

 

गणतन्त्र आएपछि नारायणहिटीबाट बाहिरिने बेला उनले आफूमा सम्पत्तिको मोह नभएको बताएका थिए ।

 

त्यो बेला उनले पत्रकार सम्मेलनमा भनेका थिए,‘ मेरो संपूर्ण सम्पत्ति नेपालमै छ। मैले विदेशमा चलअचल सम्पत्ति राखेको छैन। विगत सात वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन।’

 

राजाबाट हटेपछि धेरैले अनुमान गरेका थिए कि ज्ञानेन्द्र शाह अब विदेश भासिन्छन् । तर आम अनुमानबिपरित उनी देशमै बसिरहेका छन् ।

 

यो विवरण २०७७ अनुसार हो । पुर्व राजा शाहको सम्पत्ति अहिले झन बढेको छ ।

 

झापाको चिया बगानमा के गर्दैछन् पूर्व राजा ज्ञानेन्द्र?

 

काठमाडौं। २०६५ साल जेठ १५ गते संविधासभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि नेपालको औपचारिक रुपमा राजतन्त्रको अन्त्य भइसकेको छ।

 

संविधानसभाले गणतन्त्र घोषणा गरेपछि मुलुकका अन्तिम राजा ज्ञानेन्द्र नागरिक भएर बसेको १२ वर्ष भइसक्यो। यो बीचमा संविधानसभाबाट जारी भएको संविधान लागू भएको छ भने मुलुक संघीय संरचनामा पनि गइसकेको छ।

 

तर पछिल्लो समय मुलुकका विभिन्न स्थानमा राजको पक्षमा ‘वृहत प्रदर्शन’ हुन थालेका छन्। ‘राजा आउ देश बनाउ’ भन्दै नागरिक हातमा राष्ट्रिय झण्डा बोकेर सडकमा निस्किँदा राजतन्त्र पक्षधरहरु हर्षित देखिन्छन्।

 

बेला बेलामा शुभकामना सन्देश र सामाजिक संजाल ट्वीटरमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने पूर्व राजा ज्ञानेन्द्र यतिबेला झापामा छन्। आइतबार झापा पुगेका पूर्व राजा ज्ञानेन्द्र एक पुस उतै बस्ने कार्यक्रम रहेको छ।

 

बेला बेलामा शुभकामना सन्देश र सामाजिक संजाल ट्वीटरमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने पूर्व राजा ज्ञानेन्द्र यतिबेला झापामा छन्। आइतबार झापा पुगेका पूर्व राजा ज्ञानेन्द्र एक पुस उतै बस्ने कार्यक्रम रहेको छ।

 

झापामा रहेको चियाबगानभित्रको दरबारमा रहेका पूर्व राजा ज्ञानेन्द्र राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनप्रति कत्तिको उत्साहित छन्? ‘अहिले मेरो सरकारसँग (ज्ञानेन्द्र) भेट भएको छैन। मैले सरकारसँग भेट नगरी केही भन्न सक्ने अवस्था छैन,’ पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले डिसी नेपालसँग भने, ‘सरकार अहिले झापामा होइबक्सिन्छ। अरु दुई तीन हप्ता उतै बस्ने योजना छ।’

 

केही अपुष्ट समाचार अनुसार ज्ञानेन्द्र झापा बसाइकै क्रममा भारत भ्रमणमा पनि जाने कार्यक्रम रहेको छ। तर त्यस विषयमा आफूलाई कुनै जानकारी नभएको पाठक बताउँछन्।

 

आइतबार झापा गएका पूर्व राजा ज्ञानेन्द्र एक पुस यतै बस्ने र आफू निकट र राजतन्त्रप्रति आस्था राख्ने नेता कार्यकर्तासँग भेटघाट गर्ने स्रोतले बताएको छ। मुलुकका विभिन्न स्थानमा राजतन्त्रको पक्षमा जनता सडकमा उत्रिएपछि त्यसको वस्तुस्थिति बुझेर तराईका जिल्लाको भ्रमणका निस्किने योजना बनाएको बताइएको छ।

 

साझा यातायातमा छ पूर्वराजा ज्ञानेन्द्र शाहको सेयर

 

बाह्र वर्ष बन्द भएर २०७० वैशाखदेखि फेरि सञ्चालन आएको साझा यातायातको पुँजी पछिल्लो समय बढेको बढ्यै छ। गत साउन १ गते सरकारले बिजुली बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ दियो।

 

योसँगै साझाको पुँजी करोडबाट अर्ब पुग्यो। अहिले साझाको कुल सेयर रकम ३ अर्ब ४५ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ छ। यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार साझामा अहिले २ सय २७ जनाको सेयर छ।

 

साझामा संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्था र व्यक्तिको सेयर छ। ती २ सय २७ जना सेयर सदस्यमध्ये पूर्वराजा ज्ञानेन्द्र शाह पनि एक हुन्। पूर्वराजामात्र होइन राजपरिवार अरू सदस्यको सेयर पनि साझा यातायातमा छ।

 

सेयर संख्या १ देखि ६ हजार ४ सयसम्मको सेयर पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी छोरी प्रेरणा शाह, धिरेन्द्रकी छोरीहरू पूजा शाही, शीताष्मा शाह, दिलाशा शाह र श्रुती शाहकी छोरी गिर्वाणी राणा, सुराङ्गना राणाको नाममा रहेको छ।

 

यो नयाँ सेयर नभई २०१८ सालको राजा महेन्द्रको सेयर नामसारी हुँदै आएको पाण्डेले जानकारी दिए।

 

‘राजा वीरेन्द्रले आफ्नो सेयर छोरी श्रुतीको नाममा गरिदिए। श्रुतीको निधनपछि त्यो सेयर छोरीहरू गिर्वाणी र सुराङ्गना राणाको नाममा आयो,’ उनले भने, ‘त्यस्तै सेयर ज्ञानेन्द्र र धिरेन्द्रको नाममा पनि दरबार हत्याकाण्ड हुनुभन्दा पहिल्यैदेखि थियो।’

 

राजा वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गरेको नेपाल ट्रष्टले साझाको सेयरबारे केही निर्णय गरेको छैन। यो सेयरबारे छलफल नगरी बोल्न नमिल्ने ट्रष्टका सूचना अधिकारी अमृत महर्जन बताउँछन्।

 

‘राजा वीरेन्द्रको सम्पत्ति हामीले नेपाल ट्रष्टमा ल्याउन त मिल्छ तर यो सेयर राजा वीरेन्द्र जीवित रहँदा नै नामसारी भएको हो भने मिल्दैन,’ उनले भने ‘यो विषयमा अगाडि बढ्न हामीले पहिला कानुन मन्त्रालयसँग राय लिनु पर्छ।’

 

साझाका प्रबन्धक पाण्डेका अनुसार साझामा रहेको ६ लाख ४० हजार रुपैयाँ बराबरको ६ हजार ४ सय कित्ताको सेयर नेपाल ट्रष्टले सरकारीकरण गर्न पाउने देखिँदैन। यी सेयरमा अझै पनि पूर्व राजपरिवारका सदस्यको स्वामित्व रहने छ।

 

साझाका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले साझा यातायात सार्वजनिक सूचीकृत नभएकाले अहिले सेयरको वास्तविक मूल्य प्रतिकित्ता एक सय नै रहने बताए।

 

‘पूर्वराजपरिवारले अहिले सेयर बेच्न चाहे पनि प्रतिकित्ता १ सयकै दरले मूल्य पाउँछन्,’ उनले भने। सेयर लगानीवापत् कुनै पनि सेयरधनीलाई अहिलेसम्म लाभांश दिइएको छैन।

 

‘बीचमा केही वर्ष नाफा भएपनि नाफा रकम लाभांशका रूपमा वितरण नगरी बसमै लगानी भयो,’ तुलाधरले भने। कम्पनीको साधारणसभा बस्दा पूर्वराजपरिवारसहित सबै सेयरधनीलाई सूचना दिइने गरेको उनले बताए।

 

२०१८ साल चैत ३ गते स्थापना भएको साझा यातायात सहकारी संस्थाले २०१९ साउन १ गतेदेखि काठमाडौं उपत्यकामा सहरी यातायात सुरु गरेको थियो। २०४६ पछि राजनैतिक हस्तक्षेपसँगै धरासायी हुँदै गएको साझा पछि बन्द नै भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय