बिहिबार , फागुण १०, २०८०

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ।

प्रतिनिधिसभाले राष्ट्रपति भण्डारीलाई दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कसहामा प्रदर्शन गरेका हुन्।

 

राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका सिरहा जिल्ला अध्यक्ष पवन यादवले जानकारी दिए। यादवका अनुसार बिहान साढे ७ बजेदेखि ८ बजेसम्म चक्काजाम गरिएको थियो।सवारीसाधन आवागम नै ठप्प गरेर विरोध गरेपछि प्रहरीले हस्तक्षेप गर्दै राजमार्ग खुलाएको थियो।

 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सिरहाको औरही गाउँपालिकामा पार्टी प्रवेश तथा सभा सम्बोधन गर्न आज दिउँसो आउँदैछन्। उनको निर्देशनपछि आन्दोलनबारे थप कार्यक्रम घोषणा हुनसक्ने यादवले बताए।

र यो पनि

पूर्वराष्ट्रपति डा रामवरण यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने भन्दै जनतालाई सचेत रहन आग्रह गरेका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबै सचेत हुनुपर्ने बताए । संसदबाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइको विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको पूर्व राष्ट्रपति यादवको भनाइ थियो । उनले विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदा हुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत भएको बताए ।

 

राष्ट्रपतिको कदममा उपराष्ट्रपति असन्तुष्ट

 

उनले लोकतन्त्रका लागि यो घटना सामान्य र राम्रो नभएको प्रस्ट पारे ।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्ट बनेका छन् । उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका छन् । बुधबार एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्पष्ट गरेका हुन् । संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनि आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ । ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो ।

 

संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

 

उनले संविधानदिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह समेत गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर दोस्रो पटक पठाइएको नागरिकता विधेयक मंगलबारसम्ममा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने भएपनि गरेकी थिइनन् । राष्ट्रपतिले संविधानअनुसार आफूले गर्नुपर्ने कार्य नगरेर संविधानको उलंघन गरेको आरोप लागेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय