मंगलबार , फागुण १५, २०८०

काठमाडौं असोज ५

 

पूर्वराष्ट्रिपति डा.रामवरण यादवले वर्तमान राष्ट्रिपति विद्यादेवि भण्डारीको कमदले मुलुकलाई गृहयुद्धमा फसाउन खोजेको आरोप लगाएका छन् ।

 

 

पूर्वराष्ट्रपति डा. यादवले जनकपुरधामस्थित आफूले अध्ययन गरेको सरस्वती नमुना माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर दुई– दुई चोटी पठाए पनि ती संस्थाहरुको गरिमालाई ख्याल नै नगरी राष्ट्रिपतिले विधेयकलाई प्रमाणीकरण नगरेको बताए ।

 

पूर्वराष्ट्रपति डा.यादवले भने, ‘पहिला प्रतिनिधिसभा विघटन गरेर संविधानको उल्लंघन गर्नुभयो र आज फेरि नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेर उलंघन गर्नुभयो ।’

 

डा.यादवले संघीय गणतान्त्रिक व्यवस्था भएको मुलुक भारत, अमेरिकासहितका देशहरुमा भएका व्यवस्थाहरु हेर्नुपर्ने थियो भन्दै विज्ञहरुसँग परामर्शसमेत नगरी संविधानको पुनः

 

 

उल्लंघन गरेर देशलाई गृहयुद्धमा फसाउनतर्फ धकेलेको बताए । वर्तमान अवस्थामा आम जनतालाई सचेत रहन पूर्वराष्ट्रिपति डा. यादवले अनुरोध पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय