मंगलबार , फागुण १५, २०८०

दुवै सदन पास गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक एक हप्तादेखि राष्ट्रपतिले विचाराधीन अवस्थामा राखेकी छिन । संविधानत : राष्ट्रपतीले यसका लागि १५ दिनको अवधी पाएकी छिन ।

 

जुन आज असोज ४ गते सकिदै छ । संघीय संसदको दुबै सदनबाट दोस्रो पटक पास भएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा विचारधीन अवस्थामा रहेको छ ।

 

राष्ट्रपतिलाई संविधानले १५ दिनसम्म विधेयकमा अध्ययन गर्ने समय दिएको जुन समय आज असोज ४ गते सकिदै छ, कतै राष्ट्रपतीले अर्को खेल खेल्ने त हैनन् भन्ने डर सत्ताघटक दलहरुमा देखिएको छ ।

 

संविधानत : अव उनलाई विधेयक फिर्ता पठाउने विकल्प नभए पनि राष्ट्रपतीको सक्रियता भने नयाँ विकल्पको खोजीमा रहेको देखिन्छ ।

 

यसअघि राष्ट्रपति भण्डारीले १५ बुँदे टिप्पणी गर्दै फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउन लागेकाले राजीनामा दिने हल्ला चलेको थियो भने अहिले पनि सर्बोच्चको राय लिने वा अदातल पठाउने चाल हुनसक्ने तर्कहरु सुरु भएका छन ।

 

नागरिकता विधेयकलाई लिएर २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले सर्वोच्च अदालतसँग राय लिएको नजिर राष्ट्रपतिले दोहोर्याउन सक्ने आशंकाबीच सत्ताघटक दलहरु भने विधेयक पास नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताउन्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय