बिहिबार , फागुण १०, २०८०

राष्ट्रपतिविरुद्ध उपराष्ट्रपतिले जारी गरे चेतावनीयुक्त विज्ञप्ति

 

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको दायरा नाघेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

 

बुधबार पिज्ञप्ति जारी गर्दै उपराष्ट्रपतिले संविधानको प्रमुख पालक र संरक्षकबाटै सचेततापूर्वक संविधानको पालना र संरक्षण हुन नसकेको भन्ने आवाज उठेको बताए । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष भएको उनको भनाइ थियो ।

 

संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन’, उपराष्ट्रपतिले विज्ञप्तिमा भनेका छन्, ‘संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षसँग आग्रह गर्दछु ।’

 

संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य रहेको बताउँदै उनले संविधान बमोजिम सबैबाट आ–आफ्ना कतर््व्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्नेमा जोड दिएका छ्न ।

 

संघीय संसदका दुवै सदनले दोश्रोपटठक पारित गरेर २० भदौमा प्रमाणीकरणका लागि पठाएको नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले अन्तिम दिन मंगलबार प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको छ ।

 

राष्ट्रपतिले सार्वभौम संसद र संविधानका प्रावधानको उल्लंघन गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय