बुधबार , फागुण १६, २०८०

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने बताएका छन्।

 

राष्ट्रपति भण्डारीले मंगलबारसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संविधानविपरीत काम गरेको भन्दै प्रचण्डले अदालत जान लागेको बताए।’संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार अदालतलाई छ। त्यो संविधानले नै परिभाषित पनि गरेको छ।

 

अदालत जाने भनेरै हामीले अधिवक्ताहरुसँग छलफल पनि गर्दैछौं,’ प्रचण्डले भने।उनले राष्ट्रपति भण्डारीले संविधान मिचेको आरोपसमेत लगाए। ‘राष्ट्रपतिसँग प्रमाणीकरण नगर्ने कुनै छुट थिएन।

 

तर संविधान मिचेर उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने काम गर्नुभयो। यस विषयमा गठबन्धनका नेताहरुबीच गम्भीर छलफल भयो र संयुक्त वक्तव्य पनि जारी भयो,’ उनले भने।उनले राष्ट्रपतिको कदम संविधानको विरुद्ध, लोकतन्त्रको विरुद्ध भएकाले त्यसका विरुद्धमा सडकमा प्रदर्शनसमेत सुरु भइसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय