मंगलबार , फागुण १५, २०८०

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियाेग लगाउनुपर्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकाे सन्दर्भमा शिलापत्रसँग कुरा गर्दै विश्वकर्माले सबै दल एक ठाउँमा उभिएर समाधान खाेजिनुपर्ने बताए ।

 

उनले सत्तापक्ष मात्रै भयाे भने महाभियाेग पास हुन नसक्ने भएकाेले सबै दल मिलेर राष्ट्रपतिलाई महाभियाेग लाउनुपर्ने बताए । संविधानकाे संरक्षण गर्नुपर्ने र पालना गराउनुपर्ने निकायबाटै घोर उलंघन भएकाे उनले बताए ।

 

जनताको बलिदानबाट बनेकाे संविधानको ठाडो उलंघन भएको र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने दुस्साहस भएकाे बताउँदै उनले अगाडि भने, ‘सत्तापक्ष र प्रतिपक्ष नभनिकन राजनीतिक दलहरू एकठाउँमा आएर समाधान खोज्नुपर्छ ।’

 

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, निष्क्रिय भएको तर्क

 

उनले संसदको अधिवेशन सकिएको तर अवधि नसकिएको तर्क गर्दै संसद बैठक बाेलाएर महाभियाेग दर्ता गर्नुपर्ने बताए । ‘अहिले संसदको बैठक बोलाउन सकिन्छ । सत्तापक्ष मात्र भयो भने महाअभियोग पास हुन सक्दैन । सिंगो संसद एक ठाउँमा हुनुपर्छ । संसदको अधिवेशन सकिएको हो, अवधि सकिएको होइन । यस्तै बदमासी हुन सक्छ भनेरै यसमा विभिन्न तर्क भइरहेका थिए ।

 

विश्वकर्माले राष्ट्रपति भण्डारी कतैबाट प्रभावित भएकाे आशंका गरेका छन् । ‘कहीँबाट प्रभावित भएर उहाँले मुलुलकलाई गम्भीर राजनीतिक अस्थिरतातर्फ लैजाने चेष्टा गर्नुभएको छ, दुस्साहस गर्नुभएको छ ।

 

यसका बारेमा सकभर सबै दल एक ठाउँ हुनुपर्छ । नभए प्रतिनिधसभा र राष्ट्रियसभाका बहुमत सदस्यको एकमत हुनुपर्छ । हामीले ल्याएको परिवर्तनको रक्षा हामीले गर्ने हो । बेबारिसे छोडिदिने हैन । राष्ट्रपतिले संविधानमाथि आक्रमण गर्नुभयो’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय