बिहिबार , फागुण १०, २०८०

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धन रुष्ट बनेको छ । संविधानअनुसार राष्ट्रपति भण्डारीले दोस्रो पटक पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने भएपनि त्यसो नगरेर संविधानलाई नै चुनौती दिएकी हुन् ।

बुधवार बिहान एक ट्वीट गर्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् । उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको उनले बताएका छन् ।

 

उनले भनेका छन्, ‘बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भत्र्सना गर्दछु ।’

 

यसैगरी पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पारेको भन्दै आक्रोश पोखेका छन् ।

 

उनले भनेका छन्,‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ ।’ बुधबार बिहान सत्ता गठबन्धनको बैठक बस्दै गरेकाले यसबारे थप छलफल हुने बताइएको छ ।

 

राष्ट्रपतिको कदममा एमाले भने सकारात्मक देखिएको छ । एमालेले नागरिकता विधेयकका केही प्रावधान आपत्तिजनक रहेको भन्दै राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने जिकिर गर्दै आएको थियो ।

 

सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको विषयमा निष्कर्ष नजिक पुगिएको बताएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सहमति नजिक पुगेकाले बुधबार थप छलफल गरेर निर्णयमा पुगिने भएको हो ।

 

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्नेगरी निर्णय गरेको हो ।

 

निर्वाचन आयोगले स्थानीय तहको चुनाव–२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको आयोगले नाम सार्वजनिक गरेको हो ।

 

आयोगको गत शुक्रवार बसेको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख रुपैयाँ दरले जरिबाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको बताइएको छ।

राष्ट्रपतिले संविधानअनुसार मंगलबार मध्यरातसम्ममा विधेयक प्रमाणीकरण गरेको जानकारी दिनुपथ्र्यो । तर उनी कुनै निर्णय नगरी मौन बसिदिएकी हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन् ।काठमाडौं गोठाटारमा सोमवार साँझ भएको गोलीकाण्डबारे छानबिन गर्न नेपाल प्रहरीले विशेष समिति गठन गरेको छ । नेपाल प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई नेतृत्वमा पाँच सदस्यीय विशेष समिति गठन गरेको हो ।

 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोमवार राति अज्ञात समूहले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका लाला मोहम्मदलाई गोली प्रहार गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

 

मधेस प्रदेशको प्रदेशसभाको कार्यकाल असोज १ देखि समाप्त भएको छ । मधेस प्रदेशको सांसदको पहिलो पाँच वर्षको कार्यकालमा प्रदेशसभाबाट ५५ कानुन निर्माण गर्नुको साथै प्रदेशसभाले नागरिकतासम्बन्धी सुझाव, लागुऔषध नियन्त्रण, बालविवाह र आर्थिकसम्बन्धी सार्वजनिक महत्वको र प्रदेश प्रहरी भर्नाका लागि सङ्कल्प प्रस्ताव प्रदेशसभाबाट पारित गरेको थियो ।

 

जटिल राजनीतिक परिवेशमा प्रदेशसभाले प्रदेशको नाम र राजधानीको निर्णय गर्न सफल भएको छ । यस अवधिमा प्रदेशसभामा ६१ विधेयक दर्ता भएका थिए । मदरसा, आकस्मिक सेवा, बालिका संरक्षण, प्रदेश प्रशासन, पर्यटन र यातायातसम्बन्धी छ विधेयक छलफलकै क्रममा समितिमै अड्कियो । प्रदेशसभाबाट पारित हुन नसकेको मदरसासम्बन्धी कानुनको विरोध हुँदा प्रदेशसभा सचिवालयले प्रक्रिया नै अगाडि बढाएन । प्रदेशसभाको पाँच वर्षमा नौ वटा अधिवेशन आह्वान भएको थियो ।

 

यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टीका टिप्पणीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

कानून संकायकी विद्यार्थी रेजीना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टीका टिप्पणी कानूनसम्मत नहुने जिकिर गरिएको छ ।

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधाननमन्त्री केपी शर्मा ओली ‘रिफ्रेसमेन्ट’को लागि लाकुरीभञ्ज्याङ पुगेका छन् । ललितपुरको लुभुभन्दा माथिको डाँडामा रहेको रिर्सोटमा बस्न ओली पत्नीसहित मंगलवार त्यहा पुगेका हुन् ।

सचिवालयले जारी गरेको भिडियोमा ओलीले फुर्सद निकालेर प्रकृति हेर्न स्वच्छ ठाउँमा आएको बताएका छन् । ‘आज अचानक सोचेको हुँ, सिरिसय काम नभएको बेला केही सोच्ने, चिन्तत मनन गर्ने कुरा गरौँ । प्रदूषणरहित डाँडामा बसेर केही भविष्यका योजना बनाउँ, केही रणनीति तय गरौँ भनेर आएको’, ओलीले भने ।

 

प्रधानमन्त्री शेरशहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् । मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका हुन् ।

 

अनसनरत डा गोविन्द केसीलाई लिन मंगलबार धनगढी पुगेको नेपाली सेनाको स्काई ट्रक रित्तै काठमाडौं फर्किएको छ । उनले थप उपचारको लागि काठमाडौं आउन इन्कार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

 

संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वहरूका लागि देशभर सुपथ मूल्य पसलहरूको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

००००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् । मंगलवार कोषको ४९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषले ४८ वर्ष पुग्दा पनि योजनाविहीन देखिएको भन्दै नयाँ योजनाबाट अगाडि बढ्नुपर्ने बताए ।

 

उनले कोषलाई योजनामा ध्यान दिन र प्रिमियममा मात्रै फोकस नहुन सुझाव दिए । गभर्नर अधिकारीले कोषको काम काम पैसा संकलन गर्ने काम मात्रै नभएको बताए । उनले कोषको इन्स्योरेन्सको डिपोजिट प्रभावकारी नभएको बताए । उनले राष्ट्र बैंकले आन्तरिक उत्पादन बढाउने विषयमा केन्द्रित भएर कर्जा योजनामा निर्देशन गरेको भन्दै कोषले ब्रिजको काम गर्नुपर्ने बताए ।

 

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् ।

 

पछिल्लो २४ घण्टामा देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

००००नेपालबाट एक महिनामा नै करिब साढे २ अर्ब रुपैयाँको बिजुली निर्यात भएको छ । भदौ महिनामा २ अर्ब ४२ करोड रुपैयाँको बिजुली भारत निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।

 

दशैँमा संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ वर्षे योजना अघि सारेको छ । ‘शिक्षाको सोचपत्र २०७९’ ले आगामी वर्षभित्रमा शिक्षा क्षेत्रमा के कस्ता कार्ययोजना अघि बढाउने, कस्तो खालको सुधार गर्ने लगायत विषय तय गरेको छ ।

 

निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आइतवार र सोमवार गरी निर्धारित २ दिनमा ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएको आयोगले जानकारी दिएको छ ।

 

आयोगका अनुसार प्रदेशसभातर्फ प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय