काठमाडौं । सत्ता गठबन्धनमा लामो समयदेखि सिट बाडफाड़मा सहमति जुट्न सकेको छैन। निर्वाचनमा पनि सत्ता गठबन्दन गर्ने भएपछि सत्तारुढ दलभित्र सिटको भागबन्डा नमिल्दा अझै निर्वाचनमा कसले कहाँ बाट निर्वाचन लड्ने भन्ने निश्चित छैन।
तर स्रोतका अनुसार निर्वाचनपछि माओबादी केन्द्र र नेपाली कांग्रेसबीच सरकार आलोपालो चलाउने बिषयमा भने लगभग सहमति भइसकेको छ। बालुवाटार स्रोतका अनुसार निर्वाचनपछि प्रचण्ड पनि प्रधानमन्त्री बन्ने निश्चित छ।
शेरबहादुर देउवासंग प्रधानमन्त्री आलोपालो बन्ने विषयमा सहमति भइसकेको नेताहरु बताउछन्। तर को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा भने अझैं टुंगो नलागेको नेताहरु बताउछन्।
प्रचण्डले प्रधानमन्त्री देउवासंग पटक-पटक छलफल गैर यस विषयमा सहमति गरिसकेको नेताहरु बताउछन्। तर प्रचण्ड भने केपी शर्मा ओली संग गरेको लिखित सहमतिदेखि तर्सिएका छन्।
ओलीसंग पनि आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार नै निर्वाचनमा होमिएका प्रचण्ड पछि ओलीले सहमति कार्यान्वयन नगरेपछि तत्कालिन नेकपादेखि सरकार पनि ढलो।
त्यसको फाइदा अहिले देउवाले लिरहेका छन्। तर प्रचण्डले भने आफू पहिला प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका छन्। एक नेताका अनुसार प्रचण्डलाई देउवाले प्रधानमन्त्री पहिला बन्न दिने संकेत दिएका छन्।