मंगलबार , फागुण १५, २०८०

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दोस्रोपटक नागरिकता विद्येयक प्रमाणिकरण गर्न आइपुगेको छ । जसको अन्तिम दिन आज १२ बजेसम्म हो ।

 

स्रोतका अनुसार राष्ट्रपति भण्डारी आजपनि कुनैपनि हालतमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन् ।

 

आफूले दिएका सुझावहरूलाई संसदले बेवास्ता गरेकोमा असन्तुष्ट बन्दै पदबाट राजीनामा नदिने र विद्येयक पनि प्रमाणिकरण नगर्ने मुडमा पुगेकी हुन् ।

 

पहिलोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा राष्ट्रपतिले विभिन्न कमी कमजोरी औंल्याउँदै संसदलाई बुँदागत सुझावसहित फिर्ता पठाइदिएकी थिइन् । तर, प्रतिनिधिसभाले ती सुझावहरूलाई उपेक्षा गर्दै कुनै परिमार्जनविना दोस्रोपटक हुबहु विधेयक पारित गर्‍यो ।

 

यसबीचमा विधेयक फर्किएर आएपछि राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजिवीहरूलाई बोलाएर लगातार छलफल गरेकी थिइन् ।

 

विभिन्न पक्षबाट आएको सुझावको सम्मान गर्दै उनले विधेयकलाई थाती राख्ने निर्णयमा पुगेकी हुन् । अब राष्ट्रपतिको यो निर्णयले नयाँ संवैधानिक बहस सिर्जना गर्नेछ ।

 

संविधान अनुसार संसदबात दुईपटक फर्किएको विद्येयक राष्ट्रपतिले जुनसुकै अवस्थामा पनि पारित गर्नुपर्ने हुन्छ । यदी अब राष्ट्रपतिले पारित नगरे संविधान विपरित हुनेछ । जुन संविधान विपरित हुने छ ।

 

स्रोतका अनुसार विधेयक थाती राखेर चुपचाप बस्ने राष्ट्रपतिको रणनीति छ । यसअघि उनले राजीनामा दिने मनस्थिति पनि बनाएकी थिइन् । तर, सबैको सुझाव सुनिसकेपछि राजीनामा र प्रमाणीकरण दुवै नगर्ने मुडमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय