बुधबार , फागुण १६, २०८०

 

काठमाडौं । एमाले सांसद महेश बस्नेतले काठ,माण्डू महानगरका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, विवेकशील साझा पार्टीका पूर्वसंयोजक रवीन्द्र मिश्र र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रमेश खरेलमाथि माथि भौतिक रुपमै जाइलाग्न कार्यकर्तालाई उक्साएका छन् ।

 

भक्तपुरमा सोमबार आयोजित एक कार्,यक्रममा बस्नेतले साह, लामिछाने, मिश्र र खरेलसहित स्वतन्त्रका नाममा देशी÷विदेशी तत्व सल्बलाउन थालेको आरोप लगाए ।

 

उनीहरुका गतिविधि वर्तमान सिस्टम र नेता त्यसमा पनि काँग्रेस र एमालेविरुद्ध परिलक्षित रहेकाले समयमै ठेगान लगाउन जरुरी रहेको बस्नेतले भनाइ थियो । ‘अहिले रवि लामिछानेका नाममा, बालेनका नाममा, रवीन्द्र मिश्रका नाममा रमेश खरेलका नाममा विभिन्न खालका अन्तर्राष्ट्रि,य मिसनहरु परिचालित छन्’, सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले भने, ‘यी मिसनहरु नेपालमा सिस्टम भत्काउन चान्छन् ।

 

पार्टी भत्काउन चान्छन् । यिनीहरुले यो मुलुकमा सस्तो लोकप्रिय,ताका आधारमा आफूलाई अगाडि बढाउन चाहन्छन् । यिनीहरु नवउदारवादी शक्तिका रुपमा पलाइरहेका छन् ।

 

यी तत्वहरुलाई हामीले बेलैमा तह लगाउन सकेनौं भने अहिले अहिले आगो अलिकती बल्ला । स्याउलाले निभाउँला । भोलि ह्वारह्वार्ती आगो बल्छ ।’

 

एमाले युथफोर्सका इन्चार्ज?समेत रहेका बस्नेतले उनीहरु,लाई भरसक मुखले र नभए हातखुट्टाले सम्झाउन कार्यकर्तालाई निर्देशन दिए । त्यसरी हात खुट्टाले सम्झाउँदा समस्या परे पार्टी, नेताहरु र आफू कार्यकर्तालाई संरक्षण दिन तयार रहेको उनको भनाइ थियो ।

 

‘एमालेलाई बाधा अवरोध, निहुँ खोज्छन् भने सकभर मुखले सम्झाउनुस् । मुखले सम्झाउँदा मानेनन् भने हातगोडा केकेले सम्झाउने हो सम्झाउनुस’, कार्यकर्ता उक्साउँदै उनले भने, ‘परेको पार्टीले व्यहोर्छ । हामी व्यहोर्छौं ।’

 

काठमाण्डू महानगरले एमाले कार्यक,र्ता विराज शर्माद्वारा नयाँबानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि बस्नेतले मेयर बालेनविरुद्ध सामाजिक सञ्जालमा घम्कीपूर्ण पोष्ट गर्दै आएका छन् ।

 

एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र बस्नेतको यस्तै विवादास्पद बोली र व्यवहारका कारण उनीमाथि गुण्डाको आरोप लाग्ने गरेको छ ।

 

बस्नेतले ने एमाले कार्यकर्ताबीच ओली,लाई‘बा’ का रुपमा स्थापित गराएका हुन् । उनले बेलाबेला संसदमै ओलीलाई ‘आई लभ यू केपी बा’ भन्ने गरेका छन् । उनकै सिको गरेर सडकमा एमाले कार्यकर्ताले ‘आई लभ यू केपी बा’ भन्दै आएका छन् ।

 

बस्नेतले केपी ओली प्रधानमन्त्री भएका बेला उनको कुर्सी धरमराएपछि जनता समाजवादी पार्टी (जसपा) फुटाउन सो दलका सांसद सुरेन्द्र यादवला,ई पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खना र तनहुँका सांसद किसान श्रेष्ठ (हाल नेकपा एकीकृत समाजवादी) को सहयोगमा सिरहाबाट उठाएर काठमाण्डू ल्याएका थिए ।

 

उक्त प्रकरणका कारण आलोचकले बस्नेतलाई अप,हरणकारी,को संज्ञा दिने गरेका छन् ।

 

डा. केसीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

 

काठमाडौँ — ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारस,हित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

 

कैलाली जिल्ला प्रशासन कार्यालयका सहाय,क प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा. केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको इकान्तिपुरलाई बताए ।

 

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्च,ल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।

 

स्वास्थ्यामा जटिलता देखिएको र धनगढी,मा उपचार हुन नसक्ने भएपछि काठमाडौं लैजान हेलिकप्टर मगाइएको प्रवक्ता जोशीले बताए । उनले भने, ‘उहाँको स्वास्थ्यमा धेरै नै समस्या देखियो । यहाँ उपचार हुन नसक्ने देखिएपछि सेनाको हेली मगाएका हौँ ।’ उनका अनुसार काठमाडौंबाठ सेनाको हेलिकप्टर उडिसकेको छ ।

 

अनसन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्य,मा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

 

यसैबीच अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंह,दरबारमा वार्ता सुरु भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय