आइतबार , फागुण २०, २०८०

महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज साेमवार पनि महान’गरको टोलीले हात्तीसार–कम’लपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।

 

टुकुचा क्षेत्र अति’क्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । उत्खनन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै का’ठमाण्डाै महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरको आदेशमा नै टुकुचा उत्खनन गरेको बताउनुभयो ।

 

उहाँले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताउनुभयो ।उहाँले महानगर चिनियाँ शैलीमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाण्डाै परिवर्तन गर्ने योजनामा रहेको सुनाउनुभयाे ।उहाँले भन्नु’भयो, ‘आदेश भएर नै हामी आएको हो ।

 

अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो । चीनकाे महानगर देख्नुभएको छ ? हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनि’सकेको हुन्छ ।

 

रातारात काठमाण्डाै चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अव’स्थामा रहेको टुकुचा निकालेको थियो ।

 

हिजाे आइतवार टुकुचा खोलामाथि बनेका भौतिक सं’रचना न’भत्काउन उच्च अदालत पाटनले काठमाण्डाै महानगरलाई आदेश दिएको थियो । यद्यपि महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ ।– उज्यालो अनलाइन बाट

 

टुकुचामाथिको अधिकांश संरचना महानगरले हटायो

काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको क्षेत्रमा बनेका अधिकांस संरचना हटाएको छ । जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मका धेरैजसो संरचना हटाएको महानगरका मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ ।

 

बालेनको सचिवालय सदस्य सुनिल लम्सालका अनुसार टुकुचा खोला छोपिएको अन्तिम विन्दु फेला पार्न काठमाडौं प्लाजास्थित ३५ फिट गहिरो खाल्डो खन्नुपरेको थियो । महानगरले टुकुचा खोलामाथि बनेको ९ वटा साना पक्की घरहरुको बीचबाट नै टुकुचा उत्खनन गरेको छ । यस्तै ७ वटा साना टहराहरु भत्काएको लम्सालले बताए ।

 

‘आज हामीले छोपिएको टुकुचाको अधिकांश स्थानमा उत्खनन गरेका छौं । अब बढीमा ७० देखि १ सय मिटर क्षेत्रको बाँकी होला । यसमा पनि हामीले अदालतले अन्तरकालीन आदेश दिएको ३ वटा घर छोएका छैनौं । छोपिएको भागको अन्तिम विन्दुमा उत्खनन गर्न केही गाह्रो भएकोले आज भ्याएनौं, भोलि हटाउँछौं’, लम्सालले भने ।

 

नाला निकाल्न ठेक्का लगाइने

काठमाडौं महानगरपालिकाले टुकुचा छोपेको इँटाले बनेको नाला निकाल्न ठेक्का लगाउने तयारी गरेको छ । महानगरपालिकाले आइतबारसम्म छोपिएका करिब ५०० मिटरमध्ये ४ सय मिटर खाली गरिसकेको छ ।

 

टुकुचा छोपिएको स्थानका संरचनाहटाए पनि पानी बगाउन प्रयोग भएको नाला भने महानगरले ५ स्थानबाहेक अन्यन्त्र चलाएको छैन । मेयर बालेनको सचिवालयका अनुसार मजबुत इँटाले बनेको नाला निकाल्न ठेक्का लगाउने तयारी भएको हो ।

 

‘इँटालाई सुरक्षित तरिकाले निकाल्नको लागि ठेक्का लगाउने महानगरको योजना रहेको छ । अब भोलिसम्म ३ वटा ठूला भवनबाहेक अन्य सबै स्थानको संरचना हटाउँछौं तर ईँट्टाको ढ्वाङ हटाउन महानगरले ठेक्का लगाउन सक्छ’ उनले भने ।

 

टुकुचामाथि बनेका संरचना हटाउन महानगरले ५८१ वटा कित्ता खाली गर्नुपर्ने जनाएको छ । महानगरका अनुसार तीमध्ये कित्ता नम्बर ३०३८, ३०३९ र कित्ता नम्बर ७ मा रहेको संरचनाबाहेक अन्य खाली गर्नेछ ।

 

‘यो ३ वटा कित्तामा बनेको संरचनाहरु पूर्णरुपमा हटाउनुपर्ने छ । टुकुचाको ठ्याक्कै माथि पर्ने रहेछ । अदालतले पनि आदेश दिएको भन्ने सुनेका छौं, तर आधिकारिक जानकारी छैन । तर तत्काल हामी भत्काउदैनौं । यो विषयमा थप छलफल गरेर मात्रै अगाडि बढ्छौं’, मेयर बालेनको सचिवालयले भन्यो ।

 

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा निषेध

काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो ।

 

सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ ।

 

काठमाडौं महानगरपालिका नगरसभाको ११ औं अधिवेशनले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्व्यन गर्ने नीति पारित गरेको थियो ।महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गरी, नियम उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा जरिवाना गर्ने चेतावनी दिएको छ ।

 

सार्वजनिक स्थल के-के हुन् ?

सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा उल्लेख भएअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम वा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ ।

 

यसैगरी चलचित्र घर, साँस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन, व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल र सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर पनि सार्वजनिक स्थल हुन् ।

 

यी बाहेक अन्य कुनै ठाउँको महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थललाई पनि सार्वजनिक स्थल मानिने ऐनमा उल्लेख छ ।

 

जरिवाना कति हुन्छ ?

सार्वजनिक स्थलका व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धूमपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नु पर्नेछ । यदि त्यसो नगर्ने व्यवस्थापकलाई पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

 

यदि कसैले सार्वजनिक स्थलमा धूमपान वा सुर्तीजन्य पदार्थ सेवन गरेमा व्यवस्थापकले ती व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँरुपैयाँ जरिवाना गर्ने वा दुबै सजायँ गर्न सक्ने कानुनी व्यवस्था छ ।

 

यदि सार्वजनिक स्थलकै व्यक्ति वा कर्मचारीले धूमपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्ने व्यवस्था ऐनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय