मंगलबार , फागुण १५, २०८०

सन्धिखर्क : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजतन्त्रको पक्षमा देखा परेको बताएका छन्। उनले देशमा लामो संघर्षपछि प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको अन्त्य गरी राजतन्त्र फर्काउने बाटोमा एमाले, राजावादी र भारतीय हिन्दूवादीहरु एकजुट भएको बताए।

 

एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमाले सहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन्। ‘हिन्दू राज्यको बाटोमा एमाले हिँडेको र हिन्दू राष्ट्रका लागि हिन्दू राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले छ,’ उनले भने, ‘त्यसैले परिवर्तन जोगाउन हामीले एमालेलाई हराउनुपर्छ।

 

‘प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलिय गठबन्धन गर्नु परेको बताए। सत्ता गठवन्धनमा रहेका दलहरुले हैसियतभन्दा बढी माग गरेका कारण सहमति हुन नसकेको बताए। अब छिट्टै सिट बाँडफाँटको टुंगो पाँच दलीय गठबन्धनले गर्ने नेता सिंहको भनाइ छ। एमालेले भारतीय साम्राज्यवादीसँग मिलेर संसद विघटन गरेको बताए।

 

उनले प्रतिगमनकारी र राजावदीहरू राजा फर्काउन सकिन्छ कि भनेर विभिन्न कार्यक्रमहरू गरिरहेको बताए। आजको दिनमा प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर भएको बताए।देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दलहरु एकै ठाउँमा बसेर संघर्ष गरेको बताउँदै एमालेको प्रतिगमनविरुद्ध गठबन्धन गर्नुपरेको बताएका छन्।

 

गत स्थानीय निर्वाचनमा आफूहरुले इमान्दारिता प्रस्तुत गरेको दाबी गर्दै नेता सिंहले भने, ‘बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय