मंगलबार , फागुण १५, २०८०

यतिबेला काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन चर्चामा छन्।

 

अहिलेसम्म कुनै जनप्रतिनिधिले गर्न नसकेको काम निर्भीक ढंगले एक पछि अर्को गरी फत्ते गरेकाले पनि बालेनको चौतर्फी प्रशंसा भइरहेको छ।

 

अझ राजतन्त्रकालमा हराएको काठमाडौंको टुकुचा खोला बिहीबार काठमाडौं महानगरले खोतलेर भेटेपछि उनको चर्चा चुलिएको छ। शुक्रबार मात्र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेनको कामको प्रशंसा गरिरहेका छन्।

 

अहिले बालेनको विरोध गर्न हत्तपत्त कसैले गर्न सक्दैन। तर यस्तो अवस्थामा एमालेले भने बालेनविरुद्ध आन्दोलित भएको छ। उसले आफ्नो भ्रातृसंगठन जिफन्टको नेतृत्वमा बालेनविरुद्ध काठमाडौंका फुटपाथ व्यवसायीलाई विरोधमा उतारेको छ।

 

बिहीबार काठमाडौंका सयौं फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गरे। उनीहरूले दशैंको मुखमा आफ्नो रोजीरोटी खोसिएको भन्दै बालेनविरुद्ध नाराबाजी गरेका थिए।

 

आगामी प्रदेश र प्रतिनिधिसभा सन्निकट एमालेले बालेनको विरोधमा किन आन्दोलन सुरु गर्यो भन्ने प्रश्न उब्जेको छ। त्यसै पनि काठमाडौंमा एमालेको जनमत घट्दै गइरहेको छ। अघिल्लो निर्वाचनमा पाएको जितले एमालेले आफ्नो बलियो पकड रहेको भ्रम फैलाउँदै आएको थियो।

 

तर हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनले मेयरमा जितेपछि एमाले आगो भएको छ। कतिसम्म भने केही दिनअघि एमाले नेता महेश बस्नेतले आफ्नो सरकार आए बालेनलाई डाँडा कटाउने घोषणा गरिसकेका छन्।

 

बस्नेतको यो अभिव्यक्तिपछि एमालेविरुद्ध जनमत भड्किरहेको छ। अझ विभिन्न जिल्लाबाट आएका फुटपाथ व्यवसायीलाई एमालेले अघि सारेर बालेनको विरुद्ध उतारेपछि यहाँका स्थानीयवासी आक्रोशित भएका छन्।

 

त्यसैले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेको जनमत झन् खस्किने आकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय