बुधबार , फागुण १६, २०८०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन्।

 

संविधान दिवस–२०७९ को अवसरमा विज्ञप्ती जारी गर्दै उनले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको बताएका छन्। प्रचण्डले भनेका छन्, , ‘यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु।’

 

अध्यक्ष प्रचण्डले सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पु¥याउने श्रेय पनि वर्तमान संविधानलाई जाने उनको भनाइ छ। यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको प्रचण्डको भनाइ छ।

 

अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन्, ‘वर्तमान संविधानकै कार्यान्वयनका क्रममा हामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा/ प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियामा छौँ। संविधान एवं सिङ्गो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ।’ उनले प्रतिगमन विरोधी अग्रगामी सबै नेपालीलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि अपिल गरेका छन्।

र यो पनि

काठमाडौं । सत्ता गठबन्धनमा लामो समयदेखि सिट बाडफाड़मा सहमति जुट्न सकेको छैन। निर्वाचनमा पनि सत्ता गठबन्दन गर्ने भएपछि सत्तारुढ दलभित्र सिटको भागबन्डा नमिल्दा अझै निर्वाचनमा कसले कहाँ बाट निर्वाचन लड्ने भन्ने निश्चित छैन।

 

तर स्रोतका अनुसार निर्वाचनपछि माओबादी केन्द्र र नेपाली कांग्रेसबीच सरकार आलोपालो चलाउने बिषयमा भने लगभग सहमति भइसकेको छ। बालुवाटार स्रोतका अनुसार निर्वाचनपछि प्रचण्ड पनि प्रधानमन्त्री बन्ने निश्चित छ।

 

शेरबहादुर देउवासंग प्रधानमन्त्री आलोपालो बन्ने विषयमा सहमति भइसकेको नेताहरु बताउछन्। तर को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा भने अझैं टुंगो नलागेको नेताहरु बताउछन्।

 

प्रचण्डले प्रधानमन्त्री देउवासंग पटक-पटक छलफल गैर यस विषयमा सहमति गरिसकेको नेताहरु बताउछन्। तर प्रचण्ड भने केपी शर्मा ओली संग गरेको लिखित सहमतिदेखि तर्सिएका छन्।

 

ओलीसंग पनि आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार नै निर्वाचनमा होमिएका प्रचण्ड पछि ओलीले सहमति कार्यान्वयन नगरेपछि तत्कालिन नेकपादेखि सरकार पनि ढलो।

 

त्यसको फाइदा अहिले देउवाले लिरहेका छन्। तर प्रचण्डले भने आफू पहिला प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका छन्। एक नेताका अनुसार प्रचण्डलाई देउवाले प्रधानमन्त्री पहिला बन्न दिने संकेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय