बिहिबार , फागुण १०, २०८०

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटलाई प्राथमिकतामा राखेर उम्मेदवार छान्न संसदीय समिति बाहिरबाट ९ जनाको ‘किचेन टीम’ बनाएको खुुलेको छ ।

 

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार हुनका लागि नेपाली कांग्रेसमा ७७ जिल्लाबाट सात हजार पाँच सयभन्दा बढीको नाम सिफारिस भएर आएपनि देउवाले नै नेता छान्ने देखिएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा गत सातादेखि नै टिकटको भ’नसुन गर्न र भेटवार्ता गर्न आउनेहरूको भिड लाग्ने गरेको छ । यो भिड दसैँभरी कायम हुने देखिन्छ । बालुवाटारमा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म दुई हजार भन्दा बढी टिकटका आकांक्षीहरूको भिड लाग्ने गरेको छ ।

 

सुदूर पश्चिमबाट आउने करिव ३ सय जनाका लागि त बालुवाटारकै एक छेउमा भातभान्छाको समेत व्यवस्था हुँदै आएको छ । कांग्रेसका टिकटका आकांक्षी नेताहरू यसपाली दसैँ मनाउन घर नगइ काठमाडौंमै धर्ना दिएर बस्ने भएका छन् ।

 

अहिले उपसभापति पूर्णबहादुर खडका, धनराज गुरूङ, महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू, शीर्ष नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, बालकृष्ण खाण, प्रवक्ता डा। प्रकाशशरण महत, डा। शेखर कोइराला, डा। शशांक कोइराला, डा। रामशरण महत, सुजाता कोइराला, अर्ज‘ननरसिंह केसी, ज्ञानेन्द्र बहादुर कार्कीलगायतका नेताको घर र क्वार्टरमा नेताहरूको भिकांग्रेसड लाग्ने गरेको छ ।

 

कांग्रेसमा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारका आकांक्षी धेरै देखिएपछि सभापति देउवाले उम्मेदवार चयनका लागि नयाँ रणनीति अंगीकार गर्दै गोप्य रूपमा नौं सदस्यीय किचेन टीम बनाएर टिकटको सर्ट लिष्ट तयार पार्दै गरेका छन् । समानुपातिक सिटमा पनि देउवा पक्षका ७० प्रतिशत निर्वाचित भएर आउने गरी नामलिष्ट तयार पार्नका लागि निर्देशन दिएका छन् ।

 

सभापति देउवाले बनाएको ‘किचेन टीम’मा उपसभापति पूर्णबहादुर खड्का, नेता गोपालमान श्रेष्ठ, प्रवक्ता डा। प्रकाशशरण महत, गृह मन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मधेशबाट फरमुल्लाह मन्सुर र खानेपानी मन्त्री तथा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, एन। पी। साउद, राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।

 

सभापति देउवाले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा अस्वस्थ्य रहेको अवस्थामा गोप्य रूपमा यस्तो टीम बनाएका छन् । उनीहरू दुबैले गत सातादेखिनै भेटघाट बन्द गरेका छन् । अहिले सक्रिय रूपमा उम्मेदवार छान्ने कार्यमा सहभागी हुनसकेका छैनन् ।

 

बन्दसूची सच्याउने वा नाम फेरबदल गर्ने मिति असोज १६ गतेसम्म रहेकाले अहिले धेरैको नाम राख्ने र पछि छाँटकाँट गर्दा पार्टीलाई चन्दा र चुनावी अग्रिम खर्च स्वरुप एक सीट बराबर २५ लाखदेखि माथि २ करोड रकमसम्म तोकेरै रकम उठाउने जिम्मा पनि ‘किचेन टीम’ले पाएको स्रोत बताउछ ।

 

समानुपातिकमा दिनै पर्ने ३०–४० सिटबाहेक अन्य सिटमा दाम नतिरी उम्मेदवारमा नाम नपर्ने निश्चित छ । महिला र क्लस्टरमा पनि यही रणनीति अंगीकार गरिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय