आइतबार , फागुण २०, २०८०

वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालमा राजनीति अस्थिर बन्दै जादा नेपाली सेनाको भूमिका महत्वपुर्ण हुने बताएका छन्।

 

पत्रकार जीव राम भण्डारीसँग कुरा गर्दै घिमिरेले नेपालमा राजनीतिक दल र नेतृत्वमा रहेका नेताहरुले विश्वसनीयता गुमाइ रहेको अवस्थामा सेनाले शासन हातमा लिनुपर्छ भन्ने जस्ता ‘असंगठित विचारहरु’ आम जनता र विज्ञहरुले प्रस्तुत गर्न थालेको बताएका हुन्।

 

घिमिरेले भने, ‘राजनीतिक नेतृत्व र दलहरुले आमजनताको विश्वसनीयता गुमाएको अवस्थामामा आम जनता र विज्ञहरुले के भन्न थालेका छन् भने नेपाली सेना मात्रै राज्यको भरपर्दो निकाय हो र अब त्यसले शासन सत्ता हातमा लिनु पर्छ।’

 

६३ साल पछि भ्रस्ट हुदाहुदै पनि कारवाहीमा नपरेका नेताहरुलाई सेनाले सत्ता हातमा लिएर कारवाही गर्नु पर्छ भन्ने आवाज उठे पनि घिमिरेले आफू भ्रस्टचारीलाई कारवाही होस् भन्ने पक्षमा रहे पनि सैनिक शासनको पक्षमा नरहेको प्रस्टाए। उनि भन्छन्, ‘सेनाले शासन गर्नु पर्छ भन्ने मान्यता भने म राख्दिन।’

 

घिमिरेले भ्रस्टाचार र स्थायित्वका लागि सेनाले शासन लिनुपर्छ भन्ने माग देश भित्र बढदै गएको भन्दै कुनै दिन जनताले भद्रकाली (सैनिक मुख्यालय) घेरे भने आश्चर्य मान्न नहुने बताएका छन्।

 

उनले भने, ‘यस्तै भइरहे भोलि भद्रकाली घेरिन सक्छ। त्यसबेला नकारात्मक हिसाबले हेर्नु हुदैन। सेनाले आफ्नो भूमिका लिएन भनेर जनताले भन्न सक्छन्। जनता जहिले पनि सहि हुन्छन् भन्न त सकिन्न तर त्यो स्थिति बन्न सक्छ।’

 

त्यस्तै सेनाले सत्ता हातमा लिने सम्भावनालाई दुई छिमेकी चीन र भारतले पनि स्वीकारेर आफ्ना गतिविधि अगाडी बढाएको बुझाई घिमिरेको छ। उनले भने, ‘भारत र चिनियाँ पक्षलाई के लागेको छ भने नेपालमा राजनीतिक नेतृत्व र दलहरु अलोकप्रिय भएका छन्। जसले नेपालको राजनीतिक स्थिरतामा असर गर्छ। भोलि सेना एउटा ठूलो फ्याक्टर बन्न सक्छ भन्ने।’

 

आफ्नो तर्कलाई पुष्टि गर्न घिमिरेले चिनियाँ विदेश मन्त्री आउने तय भएकोमा अन्तिम समयमा रक्षा मन्त्री आउनुको बिना कारण नभएको बताए।

 

त्यस्तै रक्षा मन्त्रीले १२ घण्टाको नेपाल बसाईमा धेरै समय आर्मी हेडक्वाटरमा बिताउने भएकोले चिनियाँ पक्षले सेनालाई अबको निर्णायक शक्तिको रुपमा लिएको ठमम्याइ घिमिरेको छ।

 

घिमिरेले १२ बुदे समझदारी पछि नेपाली जनता र राजसंस्थालाई मूलधारबाट निषेध गरिएको बताए। निषेधको राजनीतिले गर्दा नै अहिले दिनँहु जसो जुलुश र र्याली भइरहेको र आगामी दिनमा झन् बढेर जाने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय