मंगलबार , फागुण १५, २०८०

राजनीति

बालेनलाई सघाउन अर्को टोलि आयो फिल्डमा, जसरिपनि टुकुचा खोला निकालेरै छोड्ने खाए कसम

सडक संचार September 18, 2022

टुकुचाको सुरूङमा थप क्षति हुन नदिन महानगरमा टोली पठाउँदै पुरातत्व विभाग (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

२ असोज, काठमाडौं

 

पुरातत्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको छ।

 

‘टुकुचालाई जमिनमुनि बगाउन इँटाको गुम्बज शैलीमा सुरूङ बनाइएको देखिन्छ। सय वर्षभन्दा अगाडि नै बनेकाले यो स्वतः हाम्रो पुरातात्विक सम्पदामा पर्छ,’ विभागका महानिर्देशक दामोदर गौतमले आइतबार भने, ‘डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्नसक्छ भन्नेमा हाम्रो ध्यानाकर्षण भएको छ। थप क्षति हुन नदिन महानगरसँग छलफल गर्न दुई जनाको टोली पठाउँदै छौं।’

 

इञ्जिनियर र पुरातत्वविदसहितको उक्त टोलीले सम्भवतः आइतबार नै महानगरसँग कुरा गर्नेछ। यो विषयमा पुरातत्व विभाग दुई किसिमबाट अगाडि बढ्ने गौतमले बताएका छन्।

 

‘सबभन्दा पहिला त काठमाडौं महानगरले हात्तीसार क्षेत्रमा गरिरहेको उत्खननबाट भूमिगत सुरूङमा असर नपरोस् भनेर हामी कुरा गर्छौं। महानगरले आफ्नो अभियान चलाउँदा पुरातात्विक सम्पदा मासिनुभएन। त्यसैले उनीहरूको अभियानलाई असर नगर्ने र हाम्रो सम्पदा पनि संरक्षण हुने गरी अघि बढ्ने छौं,’ महानिर्देशक गौतमले भने।

 

सँगसँगै, टुकुचाको भूमिगत सुरूङ निर्माणसम्बन्धी ऐतिहासिक दस्तावेजहरू खोजी गरी विस्तृत अध्ययन गर्ने उनले बताए।

 

दोस्रो चरणमा विभागले टुकुचाको सुरूआतदेखि अन्तसम्मको बाटो पछ्याउँदै वरपरका स्थलहरूको पनि विस्तृत अध्ययन अघि बढाउने भएको छ।

 

टुकुचा वरपरका क्षेत्रमा धार्मिक तथा सांस्कृतिक महत्वका के–के सम्पदा थिए, तीमध्ये अहिले कति बाँकी छन् र कति मासिए भन्नेबारे नक्सा तयार पारिने उनले जानकारी दिए।

 

‘हाम्रो यो अध्ययनले टुकुचाको इतिहासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौं,’ उनले भने।

 

शंखपार्कबाट सुरू हुने टुकुचा बालुवाटार, भाटभटेनी, नक्साल, गैरीधारा, नारायणहिति, जयनेपाल हल, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली हुँदै त्रिपुरेश्वरको कालमोचन घाटमा पुगेर बागमतीमा मिसिन्छ।

 

यसबीच नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिटमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पु‍र्‍याइएको छ। त्यसैले जयनेपाल सिनेमाहलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न।

 

राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको देखिन्छ।

 

पुरातात्विक महत्वको राणाकालीन सुरूङ संरक्षण गर्न सम्पदा संरक्षण अभियन्ताहरूले पनि पहल सुरू गरेका छन्।

 

अधिवक्ता सञ्जय अधिकारीले आइतबारै पुरातत्व विभाग र काठमाडौं महानगरपालिकामा निवेदन दर्ता गराए। उनले उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पनि पठाएका छन्।

 

टुकुचा खोल्सा खन्ने क्रममा भेटिएको संरचनाको ऐतिहासिक तथा पुरातात्विक पक्षमाथि अध्ययन-अनुसन्धान नगरी डोजर प्रयोग गरेर भत्काउने कार्य भइरहेकोमा अधिवक्ता अधिकारीले आपत्ति जनाएका छन्।

 

उनले आफ्नो निवेदनमा लेखेका छन्, ‘यो ठाउँमा टुकुचा खोज्दा प्राचीन स्मारक भेटिने जानकारी कसैलाई थिएन। त्यसैले त्यो पटांगिनीको केही भाग मासिन पुग्यो। अब टुकुचामाथि पटांगिनी रहेको पुष्टि भएको छ। त्यो पटांगिनी १३० वर्ष पुरानो भएको र यहाँको भूमिगत संरचना २०७२ को भुइँचालोबाट पनि क्षति नभई सञ्चालन भइरहेको देखिएकाले थप अध्ययन गर्नुपर्ने देखिन्छ।’

 

निवेदनमा अगाडि भनिएको छ, ‘यो प्राचीन स्मारकको केही अंश डोजरबाट क्षति भएको छ। काठमाडौं महानगरपालिका प्राचीन स्मारकको संरक्षक भए पनि संरक्षण गर्ने विज्ञ निकाय नभएकाले टुकुचा खोज्दा यस प्राचीन स्मारकका भागहरू थप क्षति हुन सक्ने देखिएको छ।

 

तर काठमाडौं महानगरले टुकुचा संरक्षण भन्दै डोजर प्रयोग गरिरहेको छ। त्यसैले क्षति भइसकेको भागलाई बाह्य प्रभावबाट संरक्षण गर्न र थप क्षति हुन नदिन तत्काल विज्ञ अध्ययन समिति गठन गरी महानगरसँग समन्वय गर्न र संरक्षण गर्ने उपायबारे अध्ययन गराउन अनुरोध गर्छु।’

 

राणा प्रधानमन्त्री वीरशमशेरका नाममा जारी भएको उक्त दस्तावेजअनुसार यहाँ प्रतिरोपनी दुई सय रूपैयाँका दरले अधिग्रहण गरिएको देखिन्छ। जग्गा अधिग्रहण क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नूसमेत भनिएको छ।

 

अधिग्रहण गरिएको जग्गामा टुकुचा पुरेर पटांगिनी बनाइएको दस्तावेजमा उल्लेख छ।

 

बिक्रम सम्बत् १९४२ देखि १९५८ सम्म १५ वर्ष ८ महिना शासन गरेका राणा प्रधानमन्त्री वीरशमशेरले आफ्नो शासनकालमा ठूल्ठूला दरबारका साथै विभिन्न सहरी संरचना निर्माण गराएको इतिहास छ।

 

हात्तीसारमा टुकुचा सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका देखिन्छन्। वीरशमशेरका पालामा ढल निकासका लागि निर्माण भएका सुरूङ काठमाडौं, पाटन र भक्तपुरका मध्य सहरमा अझै भेटिन्छन्।

 

उच्च अदालतले दियो टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन आदेश

 

उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

 

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

 

अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो।

 

‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ।

 

यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ।

 

निवेदकहरूले काठमाडौं महानगरपालिका – ७ को कित्ता नम्बर ३०३८ र ३०३९ को १० आना बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाटै भवन निर्माणको इजाजत लिएको साथै कित्ता नम्बर ७ को ९ आना बढी जग्गामा भएको घर समेत २०६८ सालमा किनेर भोग चलन गर्दै आएको देखिएको अदालतले जनाएको छ।

 

प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार रिट दिएका थिए। आफूहरूले किनेर भोगचलन गर्दै आएको जग्गामा बनेका घर महानगरले कानुनी प्रकृया नपुर्याइ, क्षतिपूर्ति नदिइ हटाउन लागेको रिट निवेदनमा उल्लेख छ।

 

यसैबीच, पुरातत्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको छ।

 

‘टुकुचालाई जमिनमुनि बगाउन इँटाको गुम्बज शैलीमा सुरूङ बनाइएको देखिन्छ। सय वर्षभन्दा अगाडि नै बनेकाले यो स्वतः हाम्रो पुरातात्विक सम्पदामा पर्छ,’ विभागका महानिर्देशक दामोदर गौतमले आइतबार सेतोपाटीसँग भने, ‘डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्नसक्छ भन्नेमा हाम्रो ध्यानाकर्षण भएको छ। थप क्षति हुन नदिन महानगरसँग छलफल गर्न दुई जनाको टोली पठाउँदै छौं।’

 

इञ्जिनियर र पुरातत्वविदसहितको उक्त टोलीले सम्भवतः आइतबार नै महानगरसँग कुरा गर्नेछ। यो विषयमा पुरातत्व विभाग दुई किसिमबाट अगाडि बढ्ने गौतमले बताएका छन्।

 

‘सबभन्दा पहिला त काठमाडौं महानगरले हात्तीसार क्षेत्रमा गरिरहेको उत्खननबाट भूमिगत सुरूङमा असर नपरोस् भनेर हामी कुरा गर्छौं। महानगरले आफ्नो अभियान चलाउँदा पुरातात्विक सम्पदा मासिनुभएन। त्यसैले उनीहरूको अभियानलाई असर नगर्ने र हाम्रो सम्पदा पनि संरक्षण हुने गरी अघि बढ्ने छौं,’ महानिर्देशक गौतमले भने।

 

सँगसँगै, टुकुचाको भूमिगत सुरूङ निर्माणसम्बन्धी ऐतिहासिक दस्तावेजहरू खोजी गरी विस्तृत अध्ययन गर्ने उनले बताए।

 

दोस्रो चरणमा विभागले टुकुचाको सुरूआतदेखि अन्तसम्मको बाटो पछ्याउँदै वरपरका स्थलहरूको पनि विस्तृत अध्ययन अघि बढाउने भएको छ।

 

टुकुचा वरपरका क्षेत्रमा धार्मिक तथा सांस्कृतिक महत्वका के–के सम्पदा थिए, तीमध्ये अहिले कति बाँकी छन् र कति मासिए भन्नेबारे नक्सा तयार पारिने उनले जानकारी दिए।

 

‘हाम्रो यो अध्ययनले टुकुचाको इतिहासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौं,’ उनले भने।

 

शंखपार्कबाट सुरू हुने टुकुचा बालुवाटार, भाटभटेनी, नक्साल, गैरीधारा, नारायणहिति, जयनेपाल हल, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली हुँदै त्रिपुरेश्वरको कालमोचन घाटमा पुगेर बागमतीमा मिसिन्छ।

 

यसबीच नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिटमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पु‍र्‍याइएको छ। त्यसैले जयनेपाल सिनेमाहलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न।

 

राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको देखिन्छ।

 

पुरातात्विक महत्वको राणाकालीन सुरूङ संरक्षण गर्न सम्पदा संरक्षण अभियन्ताहरूले पनि पहल सुरू गरेका छन्।

 

अधिवक्ता सञ्जय अधिकारीले आइतबारै पुरातत्व विभाग र काठमाडौं महानगरपालिकामा निवेदन दर्ता गराए। उनले उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पनि पठाएका छन्।

 

टुकुचा खोल्सा खन्ने क्रममा भेटिएको संरचनाको ऐतिहासिक तथा पुरातात्विक पक्षमाथि अध्ययन-अनुसन्धान नगरी डोजर प्रयोग गरेर भत्काउने कार्य भइरहेकोमा अधिवक्ता अधिकारीले आपत्ति जनाएका छन्।

 

उनले आफ्नो निवेदनमा लेखेका छन्, ‘यो ठाउँमा टुकुचा खोज्दा प्राचीन स्मारक भेटिने जानकारी कसैलाई थिएन। त्यसैले त्यो पटांगिनीको केही भाग मासिन पुग्यो।

 

अब टुकुचामाथि पटांगिनी रहेको पुष्टि भएको छ। त्यो पटांगिनी १३० वर्ष पुरानो भएको र यहाँको भूमिगत संरचना २०७२ को भुइँचालोबाट पनि क्षति नभई सञ्चालन भइरहेको देखिएकाले थप अध्ययन गर्नुपर्ने देखिन्छ।’

 

निवेदनमा अगाडि भनिएको छ, ‘यो प्राचीन स्मारकको केही अंश डोजरबाट क्षति भएको छ। काठमाडौं महानगरपालिका प्राचीन स्मारकको संरक्षक भए पनि संरक्षण गर्ने विज्ञ निकाय नभएकाले टुकुचा खोज्दा यस प्राचीन स्मारकका भागहरू थप क्षति हुन सक्ने देखिएको छ। तर काठमाडौं महानगरले टुकुचा संरक्षण भन्दै डोजर प्रयोग गरिरहेको छ।

 

त्यसैले क्षति भइसकेको भागलाई बाह्य प्रभावबाट संरक्षण गर्न र थप क्षति हुन नदिन तत्काल विज्ञ अध्ययन समिति गठन गरी महानगरसँग समन्वय गर्न र संरक्षण गर्ने उपायबारे अध्ययन गराउन अनुरोध गर्छु।’

 

राणा प्रधानमन्त्री वीरशमशेरका नाममा जारी भएको उक्त दस्तावेजअनुसार यहाँ प्रतिरोपनी दुई सय रूपैयाँका दरले अधिग्रहण गरिएको देखिन्छ। जग्गा अधिग्रहण क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नूसमेत भनिएको छ।

 

अधिग्रहण गरिएको जग्गामा टुकुचा पुरेर पटांगिनी बनाइएको दस्तावेजमा उल्लेख छ।

 

बिक्रम सम्बत् १९४२ देखि १९५८ सम्म १५ वर्ष ८ महिना शासन गरेका राणा प्रधानमन्त्री वीरशमशेरले आफ्नो शासनकालमा ठूल्ठूला दरबारका साथै विभिन्न सहरी संरचना निर्माण गराएको इतिहास छ।

 

हात्तीसारमा टुकुचा सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका देखिन्छन्। वीरशमशेरका पालामा ढल निकासका लागि निर्माण भएका सुरूङ काठमाडौं, पाटन र भक्तपुरका मध्य सहरमा अझै भेटिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय