आइतबार , फागुण २०, २०८०

 

काठमाडौं।

 

एमालेका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी एक साताअघि माओवादी केन्द्रमा फर्किए। तत्कालीन नेकपा विभाजन हुँदा रामबहादुर थापा ‘बादल’सँगै एमालेमा लागेका बलम्पाकीलाई भदौ २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा स्वागत गरे।

 

महोत्तरीको बर्दिबासस्थित हात्तिलेट घर भएका बलम्पाकी माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका थिए। पछि थापासँगै उनी माओवादीमा फर्किएका थिए। बलम्पाकीको राजनीतिक पृष्ठभूमि भने जनमोर्चा, नेपाल हो। उनी जनवादी गायकका रूपमा चिनिएका छन्।

 

बलम्पाकी भन्छन्- माओवादी र एमाले मिलेर नेकपा बन्यो। हामी सबै नेकपाका सदस्य भयौँ। बीचमै पार्टी फुट्यो। नेकपाका साथीहरू आआफ्ना पुरानै पार्टीमा फर्किए। तर, हामी नेकपाको निरन्तरता, एकताको निरन्तरता भनेर एमालेमै बस्यौँ।

 

केपी ओलीकै नेतृत्वमा एमालेमा रह्यौँ। यसमा कति फुटेर हिँडिरहने, कति चोइटिने भन्ने मनोभावनाले पनि काम गर्यो। यो एक/डेढ वर्ष एमालेमा बसेपछि म केपी ओली नेतृत्वको एमालेमा रहनु भनेको एकताको निरन्तरता वा नेकपाको निरन्तरता दुवै होइन भन्ने निष्कर्षमा पुगेँ।

 

सार र रूप दुवै दृष्टिले एमालेमा रहनु भनेको नेकपा वा एकता दुवैको निरन्तरता होइन भन्ने ठहर गरेपछि म पुनः आफूले जीवनको लामो कालखण्ड लगानी गरेको, रगत पसिना बगाएको पार्टी माओवादी केन्द्रमै फर्किएको हुँ।

 

अर्थात् जताजता भौतारिए पनि केही हुने रहेनछ, आफ्नै घर चाहिने रहेछ भनेर म पुनः आफ्नै घरमा फर्किएँ। अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग कुराकानीपछि म माओवादी केन्द्रमा फर्किएँको हुँ।

 

पार्टी छाड्नुअघि तपाईंले एमालेका को–कोसँग कुरा गर्नुभयो?

एमाले छाड्नुअघि मैले एकचरण कमरेड बादल, मणि थापासहितका हाम्रा सबै साथीहरूलाई भेटेर कुराकानी गरेँ। मैले बादल दाइसँग अब माओवादीमै फर्किनुपर्छ कमरेड भन्ने आग्रह गरेँ।

 

उहाँ तत्कालै माओवादीमा फर्किन तयार हुनु भएन। तर, सैद्धान्तिक रूपमा बादल पनि एमालेमा सन्तुष्ट हुनुहुन्न। हामी आए पनि सैद्धान्तिक रूपमा पुरानै ढंगको एमालेको निरन्तरता मात्रै भैरहेको छ भन्ने असन्तुष्टि साथीहरूमा छ।

 

एमालेमा हामी पूर्वमाओवादीको नेतृत्व गर्ने बादल दाइ हुनुहुन्थ्यो। तर, उहाँलाई नै एमालेमा बोल्न दिइँदैन। उपाध्यक्ष भनिए पनि एमालेमा उहाँको हालत यस्तो छ। पार्टीका कुनै पनि कार्यक्रम, स्वंयम् केन्द्रीय समितिको बैठकमा पनि बादल दाइलाई बोल्न दिइँदैन।

 

माओवादीबाट गएको एउटा शीर्षस्थ नेतालाई नै बोल्न दिइँदैन। विचार प्रवाह गर्न दिइँदैन। त्यो ढोका नै बन्द छ। उहाँले कुरा राख्न पाए धेरै एमालेका नेता–कार्यकर्ता पनि कन्भिन्स हुन्थे होलान्। हाम्रो नेतृत्व गर्ने वैचारिक लिडरले नै बोल्न नपाएपछि एमालेले झन् हामीलाई बोल्न दिने कुरै भएन।

 

यो पनि हेर्नुहोस, माओवादी कार्यदलले हटायो समानुपातिक सूचीका १६ सय नाम

समानुपातिक बन्द सूची टुंग्याउन नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले जिल्ला, प्रदेश हुँदै आएका करिब १६ सय नाम हटाएको छ ।माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि छलफल गरेको थियो ।

 

नाम धेरै आएको भन्दै पार्टीले तय गरेका मापदण्ड र संविधानले तोकेको क्लस्टर अनुसार मिलाउन देव गुरुङ नेतृत्वको तीन सदस्यीय कार्यदललाई जिम्मेवारी दिएको थियो । कार्यदलमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य छन् ।

 

केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको कार्यदल बैठकले संघ र प्रदेशका लागि सिफारिस भएका १६ सय नाम हटाएको केन्द्रीय कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

 

उनका अनुसार संघ र प्रदेशका लागि २ हजार नाम आएकोमा त्यसलाई मिलाउँदै आयोगले ४ सय मा झारेको हो ।‘जिल्लाले धेरै नाम पठाएका थिए,’ उनले अनलाइनखबरसित भने, ‘३०-३५ जनासम्मको नाम आएको थियो । प्राथमिकता निर्धारण गर्दा ३३० बुझाउनु पर्नेमा ४०० मा आएको छ ।’

 

आयोगमा संघका लागि ११० र प्रदेशका लागि २२० जनाको नाम पठाउनुपर्छ । टुंग्याएको ४०० नाममा पनि मधेश प्रदेशका धेरै परेकाले सोमबार पदाधिकारीको बैठक बस्नुअघि मधेश प्रदेशका नेताहरुसँग बसेर मिलाइने उपाध्यायले बताए ।

 

छलफलबाट बढी भएको ७० नाम पनि हटाउन सकिने भएकाले भोलिको पदाधिकारी बैठकले बन्द सूची सहजै टुंग्याउने उनले बताए । निर्वाचन अयोगले समानुपातिकको बन्द सूची बुझाउन (भोलि) असोज ३ गतेको समय दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय