बिहिबार , फागुण १०, २०८०

काठमाडौं ।

 

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मंसिर ४ गतेको निर्वाचनमा परम्पारगत राजनीतिक शक्तिहरु बढारिने बताएका छन् । संसदको अन्तिम बैठकमा बोल्दै उनले युवाहरुको विद्रोहको लहर

 

 

चलेको भन्दै पुराना नेताहरु बढारिनसक्ने चेतावनी दिए । उनले बालेन र हर्कहरु त त्यसको झिल्को मात्र भएको बताए । ‘बालेन र हर्कहरु त्यसैले आएका होइननउनीहरु त युवा पुस्ताका झिल्को मात्र हुन्,’

 

 

 

उनले भने, ‘गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला। तर सहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन मलाई त आत्मविश्वास छैन ।’ थप समाचार ।

 

 

 

काठमाडौं सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको हो ।

 

विद्युतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ । मन्त्रिपरिषद बैठका निर्णयहरु सार्वजनिक गर्दै

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्‍चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका हुन । कानुन, न्याय, तथा संसदीय विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

 

यस्तै बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोकेको छ।

 

 

आगामी कार्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुन गईरहेको इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिएको छ ।

 

राष्ट्रिय भूमि आयोग सदस्यहरूमा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका–२ का सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र पोखरा महानगरपालिका–९ का सोमबहादुर नेपालीलाई कास्की जिल्लाको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. प्रसारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने। निर्णय गरेको छ ।

 

 

कात्तिक ८ र ९ मा जेनेभामा आयोजना हुने कमीसन अन साइन्स एण्ड टेक्नोलोजी फर डेभलपमेन्ट इन्टरसेस्नल प्यानल मिटीङमा विज्ञान तथा प्रविधिमा सचिवलाई भाग लिन स्वीकति दिएको छ ।

 

मन्त्रिपरिषद्को २०७७ कार्तिक २७ को निर्णय बमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको छ ।

 

 

 

सो निर्णय तत्कालिन केपी शर्मा ओली सरकारको पालामा भएको थियो । सहिद दशरथ चन्द स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय