बिहिबार , फागुण १०, २०८०

 

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय तह निर्वाचन सुरक्षामा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । २०७८ वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ ।

 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृतिका लागि गत शुक्रबार (चैत २४) मा राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए ।

 

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई खटाउने गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८’ पारित गरी अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पठाएको थियो । सोही अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मकरुपमा परिचालनको खाका बनेको छ ।

 

सुरक्षा समिति बैठकको निर्णयपछि राष्ट्रिय सुरक्षा परिषद् बैठकले चैत १७ मा सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सोही निर्णयपछि चैत २४ को मन्त्रिपरिषद‌्‌बाट अनुमोदन गराएर निर्वाचन सुरक्षा प्रयोजनका लागि सेना परिचालन स्वीकृतिका लागि प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीबाट सेना परिचालन गर्न स्वीकृति दिएसँगै ७ सय ५३ स्थानीय तहमै निर्वानच सुरक्षाका लागि सेना खटाउने बाटो खुलेको छ ।

 

निर्वाचनमा १ लाख म्यादीसहित चारवटै सुरक्षा निकायबाट कार्यरत जनशक्तिमध्ये ८० प्रतिशतभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा केन्द्रित गर्ने सरकारको कार्ययोजनामा उल्लेख छ ।

 

कान्तिपुरको ग्राहक योजनामा भोस्लेले पाए बम्पर उपहार कार

 

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्स्‌को ‘सब्स्क्राइब एण्ड ड्राइभ’ ग्राहक योजना अन्तर्गतको बम्पर उपहार ‘महिन्द्रा एसयूभि- ३००’ कार काठमाडौं चाबहिलका दिनेश भोस्लेले प्राप्त गरेका छन् ।

 

म‌ंगलबार भएको लक्की ड्रमा यो योजनाअन्तर्गत कान्तिपुर दैनिक र काठमाडौं पोस्ट दैनिकका नयाँ ग्राहकमध्ये रसिद नं‍. २४८० का भोस्ले विजेता बनेका हुन् । ग्राहक सबै रसिद राखेर लक्की ड्र गरिएको थियो । लक्की ड्रको चिठ्ठा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले तानेका थिए । कान्तिपुर टिभीबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

 

पाँच महिना लामो ग्राहक योजना मुलुकभर संचालन भएको थियो । यो योजनामा २० जना भाग्यशाली ग्राहकले साप्ताहिकरुपमा ४३” को स्मार्ट टिभी र ४ जना ग्राहकले मासिकरुपमा टिभिएस एपाचे आरटिआर मोटरसाइकल प्राप्त गरेका थिए ।

 

‘कोरोना लगायतको प्रतिकूल अवस्था भए पनि यस वर्ष देशभरबाट ग्राहकहरुको उत्साहजनक सहभागिता थियो,’ पब्लिकेसन्स्‌का सर्कुलेसन म्यानेजर मनोज बस्नेतले भने, ‘आगामी वर्षहरुमा पनि ग्राहकहरुको यस्तै साथ सहयोगको अपेक्षा गरेका छौं ।’

 

माओवादीको नीति : उपमेयर र उपाध्यक्ष महिलालाई प्रमुखमा प्राथमिकता

 

काठमाडौँ — नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा हाल नगरपालिकाका उपमेयर र गाउँपालिका उपाध्यक्ष रहेका महिलालाई मेयर र अध्यक्ष पदको उम्मेदवारमा प्राथमिकता दिने नीति बनाएको छ ।

 

सो पार्टीका नेता तथा केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले समावेशीकरणको सिद्धान्तअनुसार महिलाहरुलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिन लागिएको बताए । उपमेयर र उपाध्यक्ष चलाएका महिलालाई मेयर र अध्यक्षमा टिकट दिनुपर्छ भन्ने माग र सुझाव धेरैतिरबाट आएको र त्यसमा पार्टी नेतृत्व सकारात्मक रहेको उनको भनाइ थियो ।

 

‘गठबन्धन गर्दा एउटा पार्टीको एक मात्र उम्मेदवार हुने अवस्थामा सबैतिर पुरुष आउने हो कि भन्ने चिन्ता छ’, स्थानीय तह निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन माओवादी मुख्यालय पेरिसडाँडा पुगेका महिला अधिकारवादी संस्थाका प्रतिनिधिसँग मंगलबार पुनले भने, ‘त्यसलाई हामी ब्यालेन्स गर्छौं, म आफैं गठबन्धनको संयन्त्रमा छु । गठबन्धनका कारणले महिला सहभागिता कम हुन दिँदैनौं ।’

 

नेता पुनले संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिर्वाय गरेको भन्दै आफ्नो दलले त्यसलाई बढाएर कम्तीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति लिएको जनाए ।

 

सबै तहका पार्टी कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गरिएको भन्दै उनले सोही दरमा स्थानीय तहमा पनि महिलालाई नेतृत्व दिइने उल्लेख गरे । पुनले राजनीतिक र प्रशासनिक नेतृत्वमा जनसंख्याका आधारमा महिला सहभागिता गराउनुपर्नेमा आफ्नो पार्टी रहेको बताए ।

 

‘हामीले सबै तहका पार्टी कमिटीहरुमा संविधानले व्यवस्था गरेभन्दा बढी ३५ प्रतिशत महिला सहभागिता गराएका छौं’, पुनले भने, ‘महिला र समावेशीकरणको मुद्दा उठान गर्ने पार्टी भएकाले हामीले व्यवहारबाटै अरुभन्दा प्रगतिशील भएको पुष्टि गरेका छौं ।’

 

उनले संविधानले ग्यारेन्टी गरेको ३३ प्रतिशतमा महिला र पुरुषबीच नभई महिला-महिलाबीच प्रतिस्पर्धा गराउन सके परिणाम राम्रो आउने बताए । ‘३३ प्रतिशत ठाउँमा महिला-महिलाबीच मात्र प्रतिष्पर्धा गराउन सकिए जो आए पनि अब्बल महिला आउँथ्यो’, उनले भने । तर त्यसमा कुनै एक दल मात्र तयार भएर नहुने स्ष्ट गरे ।

 

यस्तै उनले महिला, दलित र जनजातिहरुको अधिकारले अधिकार पाउनुपर्ने राजनीतिक एजेण्डा आफूहरुको भएको र पछि अरु दल पनि जबर्जस्त लतारिएर आफूहरुको एजेण्डामा सहमत हुन आएको टिप्पणी गरे ।

 

बहिस्करण र उत्पीडनमा परेका समुदायको एजेण्डालाई साम्प्रदायिक र जातिवादी आँखाबाट हेर्ने दृष्टिकोण बदल्न र त्यसलाई राजनीतिक एजेण्डका रुपमा स्थापित गर्न माओवादीले ठूलो भूमिका भए पनि तिनै समुदायले भोट नदिएकामा भने उनले गुनासो पोखे ।

 

‘महिलाका कुरा महिला, दलितका कुरा दलित र जनजातिका कुरा जनजातिले मात्र उठाउँदा ती एजेण्डा साम्प्रदायिक र जातीय जस्तो ठानिन्थ्यो । माओवादीले त्यसलाई राजनीतिक एजेण्डामा स्थापित गरेर सबैको र राज्यको एजेण्डा बनायो’, पुनले भने, ‘तर जसले आफ्ना एजेण्डा उठायो र स्थापित गरायो त्यसलाई भोट नदिने, एजेण्डा स्वीकार नगर्ने र घिस्रिएर जबर्जस्ती स्वीकारेकालाई भोट दिने प्रवृत्ति देख्दा हामीलाई दुःख लाग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय